कतारले तोक्यो विदेशी श्रमिकको न्यूनतम तलब, रिलिज पेपर चाहिने प्राबधान पनि हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 01:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीको बैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य कतारले विदेशी अदक्ष कामदारका लागि न्युनतम तलब तोकेको छ।  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले आइतबार २०२० को ‘कानुन नम्बर १७’ जारी गर्दै न्युनतम तलब एक हजार रियाल ९३० हजार नेपाली तोकेको हो। 

राजपत्रमा प्रकाशित भएको ६ महिनापछि यो नियमलाई कडाइका साथ कार्यान्वयन गरिने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री युसुफ मोहम्मद अल ओथमान फक्रोले मिडिया ब्रिफिङमा बताए। उनकाअनुसार न्युनतम तलबको यो व्यवस्था घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ।

नयाँ नियमअनुसार अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ। तर, खाना र आवासको सुविधा दिने कम्पनीले एक हजार रियाल तलब दिए पुग्नेछ। 

कतारले २०३० को लागि देखेको लक्ष्य प्राप्त गर्नको लागि यो कानुन कोशेढुङ्गा हुने र यसले श्रमिक, रोजगारदाता र  कतारलाई नै फाइदा पुर्‍याउने मन्त्री फक्रोको भनाई छ। यससंगै कतार खाडीमै श्रमिकको न्यूनतम तलब तोक्ने पहिलो राष्ट्र बनेको उनको दाबि छ। 

नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो। तर कतारले नेपाल सरकारले निर्धारण गरेको भन्दापनि थप उत्कृष्ट व्यवस्था गर्दै न्यूनतम तलब १००० रियाल हुने व्यवस्था गरेको छ। 

काम परिवर्तनलाई रोजगारदाताको अनुमति नचाहिने 

त्यस्तै कतारले रोजगार परिवर्तन गर्नका लागि  रोजगारदाताको अनुमति ९रिलिज पेपर० चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ। रिलिज पेपर चाहिने अवस्थालाई हटाएर श्रम बजारलाई अझ प्रतिस्पर्धी बनाएकोमन्त्री फक्रोले बताएका छन्। यो व्यवस्थाले नेपाल लगायतका बिभिन्न देशका श्रमिकले आफ्नो सीप र दक्षताअनुसार रोजगार पाउने बाटो खुलेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved