अन्तिम श्रम स्वीकृति लिन एनओसी अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 05:28:27 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन श्रमिकले अब नो अब्जेक्सन लेटर (एनओसी) पेश गर्नुपर्ने भएको छ । रोजगारीमा जाने श्रमिकले नेपाली दुतावासबाट प्रमाणित भइ आएको रोजगारदाता कम्पनीको एनओसी पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति पाउने भएका हुन् । 

बुधबार वैदेशिक रोजगार कार्यालय ताहाचलले एक सूचना सार्वजनिक गर्दै गत फागुन २९ गतेअघि मागपत्र प्रमाणित भई पूर्व स्वीकृति लिएको तर अन्तिम श्रमस्वीकृति लिन वाँकी रहेको मागपत्रको आधारमा अन्तिम श्रमस्वीकृति दिने जनाएको हो । सूचना अनुसार पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रमा गन्तव्य मुलुकको रोजगारदाताले हालै जारी गरेको र नेपाली दुतावासले प्रमाणीकरण गरेको नो अब्जेक्सन लेटर अनिवार्य रुपमा समावेश गर्नुपर्छ ।

सूचनामा भनिएको छ, ‘नयाँ व्यक्तिगत श्रम स्वीकृतिका हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाताको आधिकारीक ईमेलमार्फत हालै जारी गरिएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालय ताहचलको आधिकारीक इमेलमा प्राप्त भएको हुनुपर्छ ।’

गत फागुन ३० गतेदेखि रोकिएको नयाँ श्रम स्वीकृति कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय अुनसार गत असार ७ गतेदेखि पुनः सुरु गरिएको थियो । सीसीएमसीको निर्णय अनुसार गत असार १८ गतेदेखि पुनः श्रमस्वीकृति दिईएकोमा गत आईतबार बसेको मन्त्रिपरिषद् वैठकले गन्तव्य मुलुकको माग अनुसार वैदेशिक राजेगारीमा जान दिने निर्णय गरेको थियो । 

वैदेशिक रोजगार कार्यालयले श्रम गन्तव्य देशको एइनओसी र नेपाली दुतावासको प्रमाणका आधारमा अन्तिम श्रम स्वीकृति खुल्ला गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved