मलेसियाबाट मात्र २० हजार नेपाली फर्कने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण मलेसियाबाट मात्र तत्काल २० हजारसम्म नेपाली श्रमिक स्वदेश फर्कने अनुमान गरिएको छ । एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईका अुनसार अझै १५ देखि २० हजार नेपाली स्वदेश फर्कने अनुमान गरिएको छ ।

उनका अनुसार  १६ हजार ६५८ जना श्रमिकले  भिसा सकिन लागेको र नेपाल फर्कन इच्छुक भएको जानकारी गराएका छन् । कोरोनाका कारण मलेसिया सरकारले गरेको बन्दाबन्दीको अवधिमा मलेसियामा रहेका ५ लाख श्रमिक मध्येमा २० प्रतिशतभन्दा बढीले रोजगारी गुमाएको एनआरएनए मलेसियाले जनाएको छ । 

चार्टर्ड उडानभन्दा पनि नियमित उडानको भाडादर महङगो हुँदा बेरोजगार बनेर अर्काेको सहयोगमा बसेका न्यून वर्गका श्रमिकहरुलाई समस्या भएको  अध्यक्ष भट्टराई बताउँछन् । उनका अुनसार धेरै बेरोजगार बनेका श्रमिकहरु अर्काेको सहयोगमा बस्दै आएका छन्  । उनी भन्छन्  'ति श्रमिकले कसरी एक लाख सम्मको टिकट काट्न सक्ने अवस्था छैन, र नेपालबाट खर्च पठाउन सक्ने अवस्था पनि छैन' । 

श्रमिकले जम्मा गरेको श्रमिक कल्याणकारी कोषको रकम नै प्रयोग नहुँदा धेरै नेपालीलाई अप्ठ्यारो भएको उनी बताउँछन् । कार्यविधि नै अस्पष्ट हुदा कुनै पनि देशमा रहेका नेपालीहरु कोषको रकम मार्फत स्वदेश फर्कन नसक्ने उनी बताउँछन् । बन्दाबन्दीसँगै धेरै रोजगारदाता कम्पनीहरु भागेका र सम्पर्कमा नहुँदा समस्या भएको उनको तर्क रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved