कतार प्रवेशमा कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य, यस्तो छ नेपालबाट जाने प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2020 | 11:37:23 AM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार वा कुनै पनि उदेश्यले कतार जान चाहनेहरुका लागि अनिवार्य कोभिड १९ नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने भएको छ। साउन २९ देखि केहि देशका तोकिएका विमानस्थलबाट कतार जाने यात्रुहरुलाई कोरोना रिपोर्ट अनिवार्य गरिएको हो। 

तत्कालका लागि ब्राजिल, इरान, पाकिस्तान र बंगलादेशबाट कतार आउने यात्रुले नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्नेछ। त्यस्तै एयरलायन्सले नेपाल लगायत भारत, नाइजेरिया र रुसमा सेवा सुरु गरे लगत्तै त्यहाँको यात्रुलाई पनि कोभिड १९ को नेगेटिभ सर्टिफिकेट अनिवार्य गरिएको हो। 

कतार एयरवेजबाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत यात्रा गर्नुभन्दा ७२ घण्टा भित्र कोभिड १९ को जांच गरिएको रिपोर्ट मात्र मान्य हुने एअरवेजले जनाएको छ। 

त्यस्तै कतारले साउन १७ देखि आप्रवासी कामदारलाई प्रवेश दिने निर्णय गरेको छ। सरकारले कोभिड १९ बाट कम प्रभावित ४० राष्ट्रको सुची समेत सार्वजनिक गरेको छ। तर त्यस सुचिमा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश जस्ता साधारण कामदार भएको देशको नाम परेको छैन। 

यद्दपी केहि प्रकृया पुरा गरि प्राथमिकताको आधारमा यी नाम नपरेका देशका कामदार पनि साउन १७ देखि कतार जान पाउने कतार सरकारले जनाएको छ। साथै आइडी प्राप्त गरिसकेका नयाँ कामदार पनि साउन १७ देखि कतार प्रवेश गर्न पाउनेछन। कतार सरकारले प्राथमिकताको आधारमा नाम परेका र नपरेका देशका नागरिकको लागि अलग अलग व्यवस्था गरेको छ। 

सुचिमा नपरेका नेपाल लगायतका देशका नागरिकका लागि 

१। नेपाल जस्तै सुचिमा नपरेका देशका नागरिकहरुलाई प्राथमिकताको आधारमा इन्ट्री परमिट दिएर मात्र कतार प्रवेश गर्न दिइनेछ।

२। कम्पनीलाई सम्पर्क गरि कामदार आफैंले परमिट लिन सक्नेछन। कतार पोर्टल )हुकुमी) को वेबसाइट मार्फत साउन १७ देखि मात्र लिन सकिने परमिटको प्रकृया पहिले खुरुज पेपर लिए जस्तै रहेको छ। 

३। परमिट प्राप्त गरिसकेपछि कतार सरकारले तोकेको डिस्कोभर कतार नामको वेबसाइट बाट ७ दिनको होटेल बुकिङ गर्नुपर्नेछ। ७ दिनको होटलको शुल्क १९५० रियाल देखि माथि रहेको छ। न्यून तलब भएका कामदारहरुको लागि सरकारले छुट्टै क्वारेन्टाइन सेन्टर उपलभ गराउनेछ र त्यसमा लाग्ने शुल्क कम्पनीले व्योहोर्नुपर्नेछ। 

४। कतार पुगेपछि यात्रुहरुको हमाद विमानस्थलमा पिसिआर परिक्षण गरिनेछ र सिधै बुक गरिएको होटल लगिनेछ। 

५। होटेल क्वारेन्टाइनमा बसेको छैटौं दिनमा भाइरसको पुन जांच गरिनेछ र भाइरसको नतिजा पोजेटिभ आए आइसोलेसनमा राखिनेछ र नेगेटिभ आए आए पुन अर्को हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। 

६। त्यसपछि एह्तेराज एपमा हरियो कोद आए काममा फर्कन पाइनेछ। 

७। साधारण कामदारको लागि भने सरकार तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ भने त्यो खर्च कामदारको कम्पनीले व्योहोर्नु पर्नेहुन्छ। 

स्वास्थ्य मन्त्रालयकोअनुसार सिधैं होम क्वारेन्टाइनमा बस्न पाउनेहरुको सुची

१। ५५ बर्ष भन्दा माथिको व्यक्ति 

२। मेरुदण्ड वा कुनै अंग प्रत्यारोपण गरेका बिरामी 

३। इम्युनोसप्रेसिभ थेरापी गरेका बिरामी  

४। मुटु सम्बन्धि समस्या भएका बिरामी 

५। दमको बिरामि 

६। क्यान्सरका बिरामी 

७। गर्भवती महिला 

८। पांच बर्ष भन्दा मुनिका बालबालिका रेखदेख गर्ने सहयोर्गी खदामा)

९। मृगौला बिरामी 

नेपालका साधारण कामदारले के गर्ने ?

नेपालका साधारण कामदारको लागि त्यहाँको कम्पनीले रि इन्ट्री परमिट जारी गर्नुपर्ने हुन्छ। उक्त रि परमिट जारि गर्दा सम्बन्धित कम्पनीले आफ्नो कामदारको लागि त्यहाँ सरकारले कामदारको लागि तोकेको क्वारेन्टाइनमा समेत बुकिङ गरेको हुनुपर्ने राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली समुदायका प्रतिनिधि तथा कानुनी सल्लाहकार प्रोफेशर मोहम्मद रमजान अलि मियाँ (रमजान बाबु) ले बताएका छन्।

 नेपाल लगायतका देशका आप्रवासी कामदारका लागि कतारले सम्बन्धित कम्पनीले नै सम्पूर्ण व्यवस्था गर्नुपर्ने र खर्चको जिम्मापनि कम्पनीले नै ब्योहोर्नुपर्ने गरि  'रि इन्ट्री परमिटसंगै क्वारेन्टाइनको व्यवस्था पनि अनिवार्य गरेको मियाँले बताए। 

कतारको कम्पनीले कामदारलाई रि परमिट र क्वारेन्टाइनको व्यवस्था भएको कागजात जारी गरेपछि मात्र कतार जाने बाटो खुल्छ। तर यसका लागि कतार जानका लागि नेपाल सरकारले तोकेको प्रकृया भने पुरा गर्नुपर्छ। 

कतारको कम्पनीले कामदारलाई रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र  क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात कम्पनीको आधिकारिक इमेल मार्फत कतार स्थित नेपाली दुतावास, नेपालको बैदेशिक रोजगार बिभाग पठाउनुपर्ने हुन्छ। 

श्रम स्वीकृतीका लागि नेपालमा रहेको कामदारले उक्त कागजात  बैदेशिक रोजगार बिभाग पुग्नुपर्ने हुन्छ तर यदि कामदार नेपाल आएको ६ महिना नाघेको छैन भने पुन श्रम स्वीकृतिको आवश्यकता नपर्ने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बिजपाटीलाई बताएका छन्। 

नेपालमा रहेको कामदार कतार वा सम्बन्धित मुलुक पुगेर दुख नपाओस भनेर नै सम्बन्धित देशको सम्बन्धित कम्पनीले कामदारलाई पुन प्रवेश र उसको व्यवस्थाको जिम्मेवारी लिनुपर्छ भनेर नै रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र  क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात माग गरिएको दाहालको दाबि छ। 

कतारले रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र  क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात पठाएको एक महिनाभित्र नेपाली कामदार कतार पुगिसक्नुपर्छ भने कतार उडान भन्दा ७२ घण्टा अगाडीको कोरोना नेगेटिभ भएको सर्टिफिकेट आवश्यक पर्छ। 

नेपाली कामदार श्रम स्वीकृति वा पुन स्वीकृति लिएर कतार जाँदा उसको क्वारेन्टाइन लगायतका सम्पूर्ण व्यवस्था सम्बन्धित कम्पनीले नै गर्नुपर्छ र त्यसको खर्च पनि कम्पनीले नै ब्योहोर्नुपर्छ। 

कोरोना परिक्षणका लागि कतार एयरवेजले र डिस्कभर कतारले नेपालका केहि सँस्थाहरुलाई मान्यता दिएको छ। तोकिएका सँस्थाहरुमा स्टार हस्पिटल, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पाटन, केएमसी अस्पताल, सिनामंगल, हेम्स अस्पताल धुम्बाराही, सुर्य हेल्थकेयर लाजिम्पाट, सेन्ट्रल डाय्गनोसीस ल्याबरोटरी कमलपोखरी, ग्रांडी अन्तर्राष्ट्रिय अस्पताल टोखा रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved