किन कार्यान्वयन भएन विदेशीलाई अनिर्वाय श्रम स्वीकृति ?

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 11, 2020 | 03:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै विदेशी नागरिकलाई नेपालमा काम गर्न अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । गैर नेपाली श्रमिकलाई नेपालमा अनिवार्य रुपमा श्रम स्वीकृति लिर्नैपर्ने भन्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएपनि कार्यान्वयन पक्ष भने फितलो भएको पाईएको छ ।  

२०५४ साल यता ९१ देशका १५ हजार ९७० जनाले श्रम स्वीकृति लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागका अनुसार हालसम्म सबैभन्दा धेरै चिनियाँ नागरिकले स्वीकृति लिएका छन् भने भारतीय श्रमिकले कमै मात्रामा स्वीकृति लिने गरेका छन् । 

सरकारले नियम ल्याएपनि कार्यान्वयन फितलो हुँदा धेरै श्रमिकहरु भिजिट भिषामा नेपाल आउने र काम गरेर फर्कने गरेका छन् । नेपालमा ठुलो पदमा कार्यरत विदेशीले मात्र आफ्नो पोर्टफोलियो बलियो बनाउन बाध्य भएर स्वीकृति लिने गरेको सरकारी अधिकारहरु बताउँछन् । नेपालमा ठुला पदमा कार्यरत भारतीय श्रमिकले मात्र श्रमस्वीकृति लिएका छन् । जसमा डाक्टर, पाइलट, बैंकका सीइओ, प्राविधिक तथा ठूला पदमा कार्यरत श्रमिक छन् । 

विभागको तथ्यांक अुनसार २०५४ साल यता भारतीय ११४ श्रमिकले नेपालमा श्रम स्वीकृति लिएका छन् भने चालु आवमा ३४ जना श्रमिकको श्रम अबधि रहेको छ । २०४८ सालमा श्रम ऐन बनेपछि नेपालले भारतसहित सबै देशका नागरिकले अनिर्वाय श्रमस्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो । 

सरकारको नीति अुनसार नै गैर नेपाली श्रमिकलाई श्रम स्वीकृति दिदैँ आएको विभागका महानिर्देशक सनत केसीले जानकारी दिए । सरकारले सबै देशका नागरिकलाई अनिर्वाय रुपमा श्रमस्वीकृति लिनुपर्ने व्यवस्था गरेतापनि प्रायले नलिने उनको स्वीकारोक्ति छ । 

सबैभन्दा धेरै भारतीय श्रमिक नेपाली बजारमा रहेपनि भारतीय श्रमिकले कम स्वीकृति लिने गरेका छन् । नेपाल भारत बीचको १९९५० मा भएको सुगौँली सन्धीअनुसार श्रम स्वीकृतिमा कडाइ नभएको बताउने गरिन्छ । यो सन्धि अनुसार नेपालीले भारतमा र भारतीयले नेपालमा रोजगारी गर्न श्रम स्वीकृति लिनैपर्ने बाध्यता छैन । 

गैर नेपाली श्रमिकले सम्बन्धित उद्योग तथा कार्यालय र मन्त्रालयको सिफारिस लिएर श्रम स्वीकृति पाउँछन् । श्रम स्वीकृति शुल्क २० हजार रहेको छ । 

इजाजत नलिए निष्कासन

श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नगारिकले श्रम इजाजत नलिइ नेपालमा काम गर्न नपाउने व्यवस्था छ । ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन नपाउने व्यवस्था छ । रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी श्रमिकलाई काममा लगाउन पाउनेछन् ।

ऐनमा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने सबै विदेशी नागरिकले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved