विमान चार्टर गरी नेपालीलाई स्वदेश ल्याइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2020 | 01:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको छ । कम्पनी बन्द भएका र श्रम सम्झौता सकिएर नेपाल फर्किन इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो । 

नेपाल फर्किन चाहने ३०० नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका दुतावासले जनाएको छ । बहरानइबाट नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत पदम सुन्दास बताउँछन् । 

नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । जसमा छुट्टीमा नेपाल फर्किएका ९२७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका छन् । बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक विमान चार्टड गरेर बहराइन फर्काएको राजदूत सुन्दासले जानकारी दिए । 

उनका अनुसार कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द हुँदा करीब एक हजार तीन सय नेपालीले रोजगारी गुमाएका छन् । जसमध्यमा समस्यामा परेका र नेपाल जान चाहनेलाई गत अप्रिल महिनामा पठाइएकाे थियाे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved