असोजमा मात्र फर्किए ४६ हजार नेपाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 02:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण रोजगार गुमाएका तथा विभिन्न देशबाट बिदामा नेपाल आउनेको संख्यामा बृद्धि भएको छ । सरकारले सिमित देशमा नियमित उडानको अनुमित दिएसंगै स्वदेश फर्कनेको संख्यामा बृद्धि भएको अध्यागमन विभागले जनाएको छ । 

नियमित उडान सुरु गरेपछि असोजमा मात्र ४६ हजार नेपाली स्वदेश फर्किएका छन् । नेपाल फर्कने विदेशी सगैँ विभिन्न देशका विदेशी समेत नेपाल भित्रिएका छन् । अध्यागमनको तथ्यांक अनुसार असोजमा ११ सय ९१ विदेशी र ४६ हजार ४८ नेपाली गरी एक महिनामा ४७ हजार २३९ नेपाल भित्रिएका हुन् । 

गत भदौँमा ४ सय ११ विदेशी सगैँ १५ हजार ८२२ नेपाली गरी १६ हजार २३३ स्वदेश फर्किएका थिए । भदौँको तुलनामा असोजमा ३० हजार २२६ बढी नेपाली स्वदेश फर्किएका हुन् । यसैगरी नेपालबाट २ हजार ८१४ विदेशी र १८ हजार ५८६ नेपाली गरी २१ हजार ४ सय विदेशीएका छन् । 

नेपालीको महान चाड अन्तरगत पर्ने वडा दशैं नजिकिए सगैँ स्वदेश फर्कने नेपालीको संख्यामा बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । अन्य दिनको तुलनामा पछिल्लो साता यता धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved