श्रमशक्ति उत्पादन गर्न ब्रिटिश काउन्सिलले महासंघलाई दियो १७ करोड ९० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 05:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिल बीच Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । परियोजनाको प्रमुख उद्देश्य Create a model for Employers' Association to conduct harmonized demand side LMI activities रहेको छ ।

महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

परियोजना मार्फत Occupational Classification Standard को विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कूल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल  र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने छ ।

महासंघकी अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमति अनुसार परियोजनालाई कार्यान्वयन गर्न प्रतिवद्धता जनाएकी छिन् । 

नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेजले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालीमका क्षेत्रमा यूरोपियन यूनियन र ब्रिटिश काउन्सिल बीच सूचना प्रवाहमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै अर्थतन्त्रलाई प्रभावकारी ढंगबाट अगाढी बढाउन दक्ष जनशक्ति उत्पादनमा जोड दिए । 

ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले नेपाली निजी क्षेत्रको चाहना अनुसारको कार्यक्रममा सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै परियोजनाको सफलताको लागि शुभ–कामना दिका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved