होप इन्टरनेशनल म्यानपावरमा विभागको छापा, एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:40:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार प्रहरीको लागि मागको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको सूचनाको आधारमा वैदेशिक रोजगार विभागले होप इन्टरनेशनल प्रालिमा छापा मारेको छ । 

अन्तर्वाता लिइरहेको सूचनाको आधारमा विभागले मंगलबार लाजिम्पास्थित कार्यालयमा छापा मारेको हो । अन्तर्वाताका आवश्यक सम्पूर्ण कागजात लिएर भाग्न लागेका हरि विश्वकर्मालाई पक्राउ गरिएको र जम्मा गरेर राखिएका पासपोर्ट समेत नियन्त्रणमा लिएको जनाएको छ ।

सोमबार विभागले कतार पुलिसका लागि अन्तरर्वार्ता लिएको सूचनाका आधारमा धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा हानेर आवश्यक सम्पूर्ण कागजात जफत गरेको थियो । 

केही समयअघि कतार रोजगारीका लागि १७ वटा म्यानपावर कम्पनी छनोट भएको भन्दै सार्वजनिक भएको नाम तीनै कम्पनीको समेत नाम रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved