छापा हानिएका ३ म्यानपावरको सम्पूर्ण कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 12:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएका तीन वटा म्यानवावर कम्पनीको कारोबार रोक्का गरिएको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि तीनै कम्पनीको कारोबार रोक्का गरेको जनाएको हो । 

विभागले माग प्रमाणिकरण बिनै लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा हानेर आवश्यक सम्पूर्ण कागजात जफत गरेको थियो । सुरुवाती चरणमा तीन वटै म्यानपावर कम्पनीका सम्पूर्ण कारोबार रोक्का गरिएको भन्दै कानुन बमोजिम कारवाही हुने विभागले जनाएको छ । विभागले आवश्यक निर्णय गरेर कारवाहीको तयारी गरेको जनाईएको छ । 

केही समयअघि कतार रोजगारीका लागि १६ वटा म्यानपावर कम्पनीले मात्र अनुमति पाउने भन्दै नाम सार्वजनिक भएका कम्पनीमध्येकै कम्पनीमा विभागले छापा मारेपछि म्यानपावर व्यवसायीहरु आक्रोशित बनेका छन् । 

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुल्ला गरेका १ सय ८ देशका लागि अनुमति पाएका ८ सय ५३ वटा म्यानपावर कम्पनीमध्येवाट सिमित कम्पनीलाई मात्र कतार सरकारले नियम विपरित अनुमति दिएको भन्दै व्यवसायीहरु आक्रोशित भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved