स्वीकृति बिनै अन्तर्वार्ता लिने म्यानपावर निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 02:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार पुलिसका लागि मागको पूर्व स्वीकृति बिना नै अन्तर्वाता लिएका तीन वटा म्यानपावर कम्पनी ६ महिना निलम्बनमा परेका छन् । मंसिर ८ र ९ गते वैदेशिक रोजगार विभागले माग प्रमाणिकर बिनै लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीले अन्तर्वार्ता लिएको सूचनाका आधारमा छापा मारेको थियो । 

सुरुवाती चरणमा सबै कागजात जफत गरेर कारोबार रोक्का गरिएकोमा सोमबार थप निर्णय गरेर ६ महिनाका लागि निलम्बन गरिएको विभागले जनाएको छ । मागको पूर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिएका ३ कम्पनीका विषयमा अनुगमन टोलीले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा थप निर्णय हुने भन्दै ६ महिना निलम्बनमा राखिएको विभागका शाखा अधिकृत एवं अनुसन्धान अधिकृत कुशल बराल बताउँछन् । उनी गौरकानूनी रुपमा लिईएको अन्तर्वार्ताको छानबिन तथा अनुसन्धानका अधिकृत समेत हुन् । 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । ऐनमा कारवाही स्वरुप ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना र ३ वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था रहेको छ । 

केही समयअघि कतार रोजगारीका लागि १६ वटा म्यानपावर कम्पनीले मात्र अनुमति पाउने भन्दै नाम सार्वजनिक भएका कम्पनीमध्येकै कम्पनीमा विभागले छापा मारेपछि म्यानपावर व्यवसायीहरु तर्सिद बनेका छन् । 

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुल्ला गरेका १ सय ८ देशका लागि अनुमति पाएका ८ सय ५३ वटा म्यानपावर कम्पनीमध्येवाट सिमित कम्पनीलाई मात्र कतार सरकारले नियम विपरित अनुमति दिएको भन्दै व्यवसायीहरु आक्रोशित भएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved