विद्युत नियमन आयोगमा पदाधिकारीका माग, यी हुन् आवश्यक योग्यता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 16, 2018 | 12:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ऐन जारी भएको १४ महिनापछि बल्ल  बिद्युत नियमन आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरेको छ  । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयले आज शुक्रबार आयोगका अध्यक्ष तथा सदस्य आवेदन माग गरेको हो  । 

आयोगमा १ अध्यक्ष र ४ सदस्य हुने प्रावधान छ  । सोहि अनुसार मन्त्रालयले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाल नागरिकबाट आवेदन माग गरेको हो  । सूचना प्रकाशित भएको २१ दिन भित्र निवेदन दिईसक्न सिफारिस समितिले आग्रह गरेको हो  । 

आयोगको अध्यक्ष हुनको लागि नेपाल सरकारको  राजपत्रकित विशिष्ट श्रेणीमा काम गरेको व्यक्ति वा अर्थशास्त्र , बाणिज्य , ब्यबस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ बिषयमा कम्तिमा स्नातककोतर गरेको र त्यस बिषयमा २० बर्षको कार्य अनुभव हुनु पर्ने योग्यता तोकिएको छ   । यस्तै सदस्य हुनको लागि अर्थशास्त्र , बाणिज्य , ब्यबस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ बिषयमा कम्तिमा स्नातककोतर गरेको र त्यस बिषयमा १५ बर्षको कार्य अनुभव हुनु पर्ने योग्यता तोकिएको छ । 

आफू वा आफ्नो एकाघरको परिवारको सदस्य विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारमा संलग्न कुनै कम्पनी वा त्यस्तो कम्पनीको सहायक कम्पनी, फर्म वा संस्थाको संस्थापक, व्यवस्थापकीय तह, सेयरधनी वा सञ्चालक, लेखापरीक्षक वा सल्लाहकारको हैसियतमा संलग्न रहेको वा त्यस्तो हैसियतबाट अलग भई कम्तिमा ३ वर्षको अवधि व्यथित नभए अध्यक्ष वा सदस्य हुन पाउँने छैन  ।  

 सिफारिस समितिले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषदले उनीहरुलाई नियुक्त गर्ने छ । यी सबै पदाधिकारी ५ बर्षको लागि नियुक्त हुने छन् । मन्त्रालयले पदाधिकारी सिफारिस गर्नको लागि सचिव सञ्जय शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा कानुन महाशाखाका सहसचिव तोयनाथ अधिकारी सदस्य सचिव र विद्युत विज्ञ मेघबहादुर विश्वकर्मा छन् ।

गत भदौमा आयोग गठन सम्बन्धि ऐन जारी भए पनि त्यसको १४ महिनापछि सरकारले बल्ल आयोगमा पदाधिकारी गठन प्रक्रिया थालेको हो  । 

यो पनि : 

विद्युत् नियमन आयोग गठन गर्न अर्थको स्वीकृति, बिद्युत प्राधिकरणको एकल अधिकार अन्त्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved