सिङ्गटी हाइड्रोको ८० प्रतिशत निर्माण पुरा, सर्वसाधारणलाई ४३ करोडको आईपिओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 12:43:28 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा प¥ुयाएको हो । 

अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिए  । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ । 

विद्युतगृहको काम पनि करीब ६० प्रतिशत सम्पन्न भएको आयोजनाको भनाइ छ । चैत मसान्तभित्र विद्युत्गृहको काम पनि सकिने अयोजना प्रमुख सापकोटाले बताए । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस अयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । कुनै कारणवश निर्माणमा ढिलाइ भए ढिलोमा २०७६ असारसम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाले जानकारी दिएको छ । 

रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पु¥याइएको थियो । कम्पनीले छिट्टै नै सर्वसाधारण र स्थानीयलाई गरी कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved