लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 11:58:41 AM मा प्रकाशित

laxmi  sunrise bank

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्नुपर्ने कुल ३८ टावर मध्ये ३६ वटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनमा १३ किलोमिटर तार तान्नुपर्नेमा अहिलेसम्म पाँच किलोमिटर तार तानिसकिएको र बाँकी आठ किलोमिटर तार तान्ने काम एक हप्तामा शुरु हुने परियोजना प्रमुख दीपक गौतमले जानकारी दिए । 

“निर्माणको काम करीब अन्तिम चरणमा पुगेको छ”, उनले भने, “पुस महीनाभित्रै निर्माण पूरा हुन्छ”, मुडवरी एण्ड जोशी कम्पनीले विसं २०७० देखि उक्त प्रसारण लाइन निर्माण शुरु गरेको हो । ठकेदार कम्पनीको लापरवाहीले दुई वर्षभित्र सम्पन्न हुनुपर्ने सो प्रसारण लाइनको निर्माण कार्य ढिलाइ भइरहेको प्रमुख गौतमले बताए । “ठेकेदारको लापरवाहीले दुई वर्षभित्र सकिसक्नुपर्ने काम ३७ महीनासम्म पनि पूरा हुनसकेको छैन”, उनले भने । 

उक्त परियोजना सम्पन्न भएपछि घोराही क्षेत्रमा विद्युत्को कम भोल्टेजको समस्या अन्त्य हुने तथा प्रसारण तथा वितरण प्रणालीमा समेत सुधार आउने प्रमुख गौतमले जानकारी दिए । सो प्रसारण लाइनबाट दाङका सिमेन्ट उद्योगहरू तथा तुल्सीपुरसम्म विद्युत पुग्नेछ । गौतमका अनुसार हापुरेको प्रसारणलाइन नबन्दासम्म तुल्सीपुरमा यही प्रसारण लाइनमार्पmत विद्युत् आपूर्ति हुनेछ । 

झिग्नी–माडीचौर प्रसारणलाइन 

यसैबीच दाङको झिग्नीदेखि रोल्पाको माडीचौरसम्म १३२ केभी प्रसारणलाइन आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रोल्पाको माडीचौरमा विद्युत् सेवा पु¥याउन दाङबाट १३२ केभी विद्युत् रोल्पा लैजान लागेको आयोजना प्रमुख बलभद्र अधिकारीले जानकारी दिए । 

त्यसका लागि झिग्नीमा ट्रान्सफर्मर निर्माण भइसकेको छ भने रोल्पाको माडीचौरमा पनि ट्रान्सफर्मर निर्माणको प्रक्रिया चलिरहेको छ । सैँतीस किलोमिटर दूरीको सो प्रसारण लाइन निर्माणका लागि अहिले वातावरण अध्ययन भइरहेको उनले बताए । पाँच वर्षभित्र निर्माण सम्पन्न हुने सो परियोजनाको लागत करीब रु एक अर्ब ५० करोड रहेको पनि उनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved