अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले नेपालका सेवाग्राहीसंग अन्तरक्रिया गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रि माननिय वर्षमान पुन र नेपाल तथा भारतको लागि ऑस्ट्रियाको राजदुत उनको महामान्यब्रिगेट ओपिंगरको उपस्थितिमा कम्पनीले अन्तरक्रिया गरेको हो ।
नेपालमा बनिसकेका १४४ मेगावाट जलविद्युत आयोजनामा एण्ड्रीजले आफ्ना उपकरणहरु जडान गरेको छ । त्यस्तै हाल निर्माणाधीन २००० मेगावाट मध्ये ७५७ मेगावाट क्षमताका आयोजमा एण्ड्रीज संलग्न रहेको छ । हालको समयमा एण्ड्रीजले राष्ट्रिय गौरवको जलबिध्युतआयोजना माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमता, मध्य भोटेकोशी १०२ मेगावाट क्षमता लगायतमा कम गर्दै आएको छ । त्यस्तै सम्पन्न भएका कुलेखानी, मध्य ( मर्स्यांदी तथा चिलिमे जलबिध्युत आयोजनाहरुमा पनि एण्ड्रीज संलग्न छ।
अन्तरक्रियामा aएण्ड्रीजका भारत, दक्षिण पुर्बी एशिया, ऑस्ट्रेलिया तथा न्युजिलैंड प्रान्तीय प्रमुख जोसेफ उल्मरले नेपालको जलबिध्युत विकासमा अविछिन्नरुपले योगदान पुर्याउन पाएकोमा गौरवान्वित महसुस गर्दै आगामी दिनहरुमा सोहि बमोजिम निरन्तरताको प्रतिबद्दता ब्यक्त गरेका छन् । बहु राष्ट्रिय यस कम्पनीले २०१७ मा काठमाडौँमा कार्यालय स्थापना गरेको छ ।