माइबेनी जलविद्युत् आयोजनालाई नेपाल एसबिआई र सिद्धार्थ बैंकले ऋण दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 08:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले रु एक अर्ब ८६ करोड ऋण लगानी गर्ने भएका छन् ।आयोजनाको प्रवर्द्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।

कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवर्द्धकले २५ प्रतिशत लगानी गर्ने भएका छन् ।सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, नेपाल एसबीआर्ई बैंकका प्रतिनिधि बद्रीलाल आमात्य र सिद्धार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गरे।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ ।  इलाममा आयोजनास्थल रहेको सो आयोजनाबाट उत्पादित विद्युत् इलामको गोदक सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved