हाइड्रो एक्स्पो आजदेखि, 'हेलीकप्टर भिजिट' र 'रोबोटिक कम्पिटिशन' मुख्य आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 09:11:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रो एक्स्पोको दोस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुदैछ ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुत रुपमा एक्स्पो आयोजना गरेको हो ।  राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा  माघ ४ गतेदेखि ३ दिन सम्म हुने एक्सपोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन् । 

  जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ एक्सपो हुन् लागेको हो।  विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसि) ले एक्सोलाई सहप्रायोजन गरेको छ  । एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँने आयोजकले जानकारी दिएको छ  । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने उनले बताए । 

यसका अलावा विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र  रहने भएका छन । यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष गुरागाईले बताए  ।  

पहिलो संस्करणको हाइड्रो एक्स्पोबाट प्राप्त सुझावका आधारमा यस पटक एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिने इपानका महासचिव आशिष गर्गले बताए ।  साथै स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नविकरणीय उर्जा, वाताबरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत क्षेत्रका नयाँ आयाम लगायत विषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तरकृया गरिने उनले जनकारी दिए । 

यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराइने र विजेतालाई पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved