टनकपुरको सबस्टेशनको क्षमता वृद्धि गर्न भारत सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 09:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले टनकपुरको सबस्टेशनको क्षमता वृद्धि गर्न सहमति जनाएको छ । भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका विद्युत् राज्यमन्त्री आर के सिन्हाबीच भएको भेटवार्ताका क्रममा उक्त सबस्टेशनको क्षमता अभिवृद्धिका विषयमा छलफल भएको हो । 

हाल सो सबस्टेशनमा ५० एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ । थप ५० एमभिएको ट्रान्सफर्मर थप गरेर टनकपुर हुँदै नेपालमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भएको हो । पश्चिम नेपाल र विशेषगरी सुदूरपश्चिम प्रदेशको विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन उक्त सबस्टेशनको क्षमता अभिवृद्धिका विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो । 

यस्तै सोही अवसरमा नेपालको दोस्रो अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेका न्यू बुटवल गोरखपुर प्रसारण लाइनको निर्माणको ढाँचाका विषयमा समेत कुराकानी भएको थियो । भारततर्फको प्रसारण लाइन भारत सरकार र नेपालतर्फको प्रसारण लाइन नेपालले नै संयुक्त रुपमा निर्माण गर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो । दुई देशबीचमा ऊर्जा र जलस्रोतका विविध क्षेत्रमा सहकार्य गर्ने विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री पुनले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved