अपिको माथिल्लो चमेलिया आयोजना निर्माण अर्कोबर्षबाट, सवा ७ अर्ब लागत अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 07:11:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयोजनाको रुपमा माथिल्लो चमेलिया जलबिद्युत आयोजना निर्माण कार्य आगामी आर्थिक बर्षबाट थाल्ने भएको छ। 

सुदुर पश्चिमाञ्चलको दुर्गममा अवस्थीत ४० मेगावाट क्षमताको यो योजना अपिले निर्माण गर्न लागेको तेस्रो आयोजना हो। यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ। 

यस आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान हुनेछ। कम्पनीकाअनुसार यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदमा  र बाँकी ७० प्रतिशत बर्षातमा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ। अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण हुनेछ।   (आयोजनाको बाँध निर्माण स्थल)

यो आयोजना निर्माणको लागी जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ। यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। 

तस्विर: विद्युत खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन सञ्जिव न्यौपानेले हस्ताक्षर  गर्दै। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved