९०० मेगावाटको अरुण तेस्रोमा जुट्यो लगानी, नबिल सहित ३ बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2019 | 09:45:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण तेस्रोको लागि लगानी जुटेको छ। भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा बिभिन्न तीन बाणिज्य बैकले लगानी गर्ने भएका हुन।

९०० मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक इन्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने प्रतिवद्धता जनाएका छन।

यससम्बन्धि सझौतामा सतलजका चिफ एक्जुएटिभ अफिसर सतिस कुमार शर्मा र स्टेट बैंक अफ इन्डियाका सरोती बिनोद कुमार, एभरेष्ट बैंकका दिनेश कुमार कोहली र नबिलका सीईओ अनिल केशरी शाहले हस्ताक्षर गरेका छन।     

आयोजना निर्माण गर्न १ खर्ब १२ अर्ब रुपैयाँ र बिजुली भारत निर्यात गर्न २ सय १० किमि लामो १८ सय मेगावाट क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ४० अर्ब लाग्नेछ। सतलजले पछिल्लो पटक निर्माणका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउने (फाइनान्सियल क्लोजर) को समय जुनसम्मको पाएको थियो । भारतीय सरकारले सतलजलाई ९१ अर्ब रुपैयाँ उपलब्ध गराउनेछ।  

अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो । ५ वर्षमा आयोजना निर्माण गरिसक्ने योजना रहेको कम्पनीले जनाएको छ। 

आयोजनाबाट उत्पादित कुल बिजुलीको २१ दशमलव ९ प्रतिशत अर्थात् १९७.१ मेगावाट नेपाललाई नि:शुल्क उपलब्ध गराउनेछ । नेपालले उक्त आयोजनाबाट नि:शुल्क बिजुली, रोयल्टी र अन्य करबापत बर्सेनि १३ अर्ब ९२ करोड रुपैयाँ लाभ प्राप्त गर्नेछ भने विद्युत् उत्पादन सुरु भएको मितिले २५ वर्षपछि सतलजले आयोजना चालु हालतमा नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ । नेपाल सरकारले आयोजनालाई भ्याट छुट सुविधाबापत प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एकमुष्ट ४ अर्ब ५० करोड रुपैयाँ आयोजनालाई दिनुपर्नेछ ।

२०७१ मंसिर १० मा नेपालको लगानी बोर्ड र भारतको सतलज कम्पनीबीचमा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो। विश्वव्यापी खुला प्रतिस्पर्धाबाट नेपाललाई २१.९ प्रतिशत बिजुली नि:शुल्क उपलब्ध गराउने सर्तमा सतलज उक्त आयोजना निर्माण गर्न छनोट भएको हो । सरकार र सतलजबीच उक्त आयोजना प्रवद्र्धन गर्न २०६४ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। आयोजना संखुवासभामा पर्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved