माथिल्लो त्रिशूली थ्री एको विजुली राष्ट्रिय प्रशारणमा जोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 05:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । बिहीबार आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाईनमा जोडेका हुन् ।

आयोजनाबाट शुक्रबार ५ बजेबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुने र सफल भएपछि व्यवसायिक उत्पादन सुरु हुनेछ । विद्युत गृहबाट विद्युत् उत्पादन सुरु भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको  हो ।

१२ करोड ५८ लाख डलर लगात अनुमान गरिएको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । 

इन्जिनियरिङ, खरिद र निर्माणमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीजसँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो । १७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved