कुलमान ज्यु ! ७५ लाख नेपालीको घरमा कहिले पुग्छ उज्यालो ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 24, 2019 | 09:30:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कुलमान घिसिंङले २०७३ असोजदेखि नेपाल बिद्युत प्राधिकरणको नेतृत्त्व सम्हाले। घिसिंङले मोर्चा सम्हालेको ४ महिना नबित्दै प्राधिकरणले २०७३ को कात्तिकदेखि परीक्षणको रुपमा काठमाडौं उपत्यकासहित केही सहरका घरायसी ग्राहकको लागि लोडसेडिङ अन्त्य भएको घोषणा गर्यो। 

त्यस्तै औद्योगिक क्षेत्रमा गरिँदै आएको दैनिक तीन घण्टे लोडसेडिङ हटाएर नेपाल विद्युत प्राधिकरणले करिब एक बर्षअघि २०७५ बैशाखको अन्त्यतिर देशभर लोडसेडिङ अन्त्य भएको 'घोषणा' गर्यो। करिब १८ घण्टासम्म लोडसेडिङले पिरोलिएका नेपालीका लागि कुलमान उज्यालो बने र त्यसयता कुलमान उज्यालोको अर्को नाम बनेका छन। 

कुलमानले बिभिन्न सार्वजनिक फोरममा अबको केहि बर्षमा नेपालमा बिजुली फालाफाल हुने बताउदै आएका छन। त्यसै कारणले नेपालले यहाँ उत्पादित बिजुलीको बजार खोज्ने क्रममा बंगलादेशलाई २२ बर्षमा ९००० हजार मेगावाट बिजुली बिक्रि गर्ने सम्झौता गरेको छ। तर हाइड्रो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकाले भने पहिलो ७५ लाख नेपालीको घरमा बिजुली पुर्याउन र त्यसपछि मात्र विदेशमा आपूर्तिको काम गर्नलाई प्राधिकरणको ध्यानाकर्षण गराउदै आएका छन।  

आजको दिनसम्म भारतबाट बिजुली आयात गरेर लोडसेडिङ मुक्त भएको नेपालले बंगलादेशलाई कहिले र कसरि ७००० मेगावाट बिजुली बेच्छ त्यो हेर्न बाँकी नै छ। तर आजका दिनपनि नेपालमा ७५ लाख नेपाली जनता अध्याँरोमा रहेको स्वयम् बिद्युत प्राधिकरणको तथ्यांकले देखाएको छ। 

हिजो लोडसेडिङ खेपेको नेपाली जनता भनेको नेपालको कुल प्रतिशतको ७५ प्रतिशत जनता हुन भने अहिले लोडसेडिङबाट मुक्त भएको भनेर कुलमानको गुनगान गाउने पनि तिनै ७५ प्रतिशत जनता हुन। तर अहिलेपनि २५ प्रतिशत नेपाली जनता अध्याँरोमै बस्न बाध्य छन। 

२०७६ जेठ ६ को तथांकअनुसार नेपालमा कुल बिजुलीको माग ११५० देखि १२५० मेगावाट रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाई छ। बिजुलीको माग स्थिर जस्तै रहेको उनको भनाई छ। बिजुलीको माग प्रतिदिन अधिकतम १३०० मेगावाट रहेको अधिकारीको भनाई छ। 

१८ घण्टासम्म लोडसेडिङ खेपेका नेपालका ७५ प्रतिशत जनतामा बिजुली उपभोग गर्ने शैलीमा सुधार आएकाले पिक आवरमा समेत माग स्थिर रहेको प्राधिकरणको अध्ययनले देखाएको छ। बिगतमा एकै बल्ब १०० वाटसम्म राख्ने नेपालीले अहिले लिड बल्ब राख्ने गरेकाले पनि खपत कम देखिएको प्राधिकरणको बुझाई छ। 

त्यतिमात्र नभई बिद्युतको चुहावटमा कमि आएकाले पनि बिद्युतको खपतमा कमि आएको हो। बिगतमा २२ मेगावाट बिद्युत चुहावट हुने गरेकोमा अहिले यो क्रम घटेर १६ मेगावाटमा झरेको छ। 'लुटको धन फुपुको श्राद्ध' भनेझैं चोरेको बिजुली अत्यधिक खपत हुने भएकाले बिगतमा माग बढेको अधिकारीले बताए। 

नेपालमा एक जना व्यक्तिले एक बर्षमा करिब २०० युनिट बिद्युत खपत गर्छ। अहिले ७५ प्रतिशत नेपालीले मात्रै उज्यालो पाएकाले बिद्युत खपत कम भएको देखिएको छ। अबको ५ बर्षमा नेपालको सबै स्थानमा बिजुली पुर्याउने प्राधिकरणको लक्ष्य रहेको प्रवक्ता अधिकारीले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved