कुलमानको उज्यालो अभियान: प्राधिकरणलाई नाफामा लैजान पोहोरकै विजुलीबाट यसरी भयो व्यवस्थापन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2019 | 10:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जेठ ६ मा बिद्युतको माग एक हजार दुई सय एकासी मेगावाट थियो। जेठ २०७५ मा भने अधिकतम माग एक हाजर त्रिहत्तर मेगावाट थियो। तर नेपाल बिद्युत प्राधिकरणले यो बर्ष बिद्युतको माग औषतमा १३०० मेगावाट हुने अपेक्षा गरेको थियो।

बिद्युतको माग ११५० मेगावाटदेखि १२५० मेगावाटको बीचमा रहेको छ। यो माग स्थिर जस्तै देखिन्छ। बिद्युत खपतको पूर्वानुमान १६०० मेगावाट रहेपनि अधिकतम माग भने १३०० मेगावाटको मात्रै छ। 

पूर्वानुमान गरेको झैं बिद्युत खपत नभएकै हो त ? १८ घण्टासम्म लोडसेडिङ खेपेका नेपालीमा बिजुली उपभोग गर्ने शैलीमा सुधार आएकाले पिक आवरमा समेत माग स्थिर रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाई छ। 

त्यतिमात्र नभई बिद्युतको चुहावटमा कमि आएकाले पनि बिद्युतको खपतमा कमि आएको उनको भनाई छ। बिगतमा २२ मेगावाट बिद्युत चुहावट हुने गरेकोमा अहिले यो क्रम घटेर १६ मेगावाटमा झरेको छ। ''लुटको धन फुपुको श्राद्ध' भनेझैं चोरेको बिजुली अत्यधिक खपत हुने भएकाले बिगतमा माग बढेको थियो, अहिले चुहावट कम हुँदै गएको छ, त्यहि भएर पनि माग कम भएको देखिएको हो' अधिकारीले भने।

दुई लाख ८१ हजार पाँच सय १८ घरेलु ग्राहक, तीन हजार तीन सय १३ औद्योगिक ग्राहक गरि एक वर्षमा तीन लाख ११ हजार आठ सय २५ नयाँ ग्राहक थपिइसकेका छन। ग्राहकको संख्या बढ्दै जाँदा प्रति व्यक्ति बिद्युत खपतको दर पनि बढ्दै गएको छ। नेपालमा एक जना व्यक्तिले एक बर्षमा करिब २०० युनिट बिद्युत खपत गर्छ। पहिले यो अनुपात  प्रति बर्ष प्रति व्यक्ति बिद्युत खपत १५९ युनिट थियो।

सर्वसाधारण जनता मात्र नभई बिगतमा चार घण्टा लोडसेडिङ खेपेका उद्योगहरु समेत लोडसेडिङबाट मुक्त छन। त्यहि पनि विद्युतको माग पूर्वानुमान गरीएझैं बढ्न सकेको छैन। नेपाल औधोगीकरण तर्फ जान नसक्नु, उद्योग धन्दा अपेक्षाकृत रुपले बढ्न नसक्नु, अहिलेपनि २५ प्रतिशत नेपाली जनताको पहुँचमा बिद्युत नपुग्नु जस्ता कारणले बिद्युतको माग अपेक्षा गरे अनुसार बढ्न सकेको छैन।

बिद्युतको आपूर्ति बढ्न नसकेपनि प्राधिकरणको आम्दानी भने ८ अर्ब रुपैयाँले बढिसकेको छ। यसमा चालू आर्थिक बर्षको बक्यौता बापत २ अर्ब उठ्न बाँकि नै छ। भारतबाट महँगोमा बिजुली ल्याएर लोडसेडिङ हटाएको आरोप लगाएका बेला प्राधिकरणले भने भारतलाई तिर्ने बिजुलीको बिल महिनामै ३५ करोडले घटाएको छ।      

चैतसम्मको तथ्याङ्कमा प्राधिकरणले ४६ अर्ब ४७ करोड ५२ लाख आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँले बढी हो। यहि अवधिमा प्राधिकरणको आम्दानी १५ प्रतिशतले बढेको छ। यसमा सबैभन्दा ठूलो योगदान उद्योगकै छ। यो वर्ष १८ अर्ब रुपैयाँ महशुल तिरेका उद्योगले गत वर्ष १५ अर्ब रुपैयाँ तिरेका थिए। गत वर्षको भन्दा चालु वर्षमा उद्योगले १७ प्रतिशतले खपत बढाएर प्राधिकरणको आम्दानीमा १९ प्रतिशत योगदान दिएका छन्। घरेलु खपत र योगदान भने १० प्रतिशतले मात्रै बढेको छ। 

बिद्युत व्यवस्थापन

नेपाल विद्युत प्राधिकरणले स्थापनाको १०५ बर्षमा कुल ५६२ दशमलब ४० मेगावाट बिद्युत उत्पादन गरेको छ। जसमा थर्मल प्लान्टबाट उत्पादित बिजुलीको हिस्सा ५३।४ मेगावट छ, जुन दशैं तिहारको बेला आपूर्ति व्यवस्थापन गर्न १० मेगावाट मात्रै प्रयोग हुन्छ। 

तर बिद्युत ऐन २०४९ आएपछि बिद्युत उत्पादनमा निजि क्षेत्रको सक्रिय सहभागिता देखिएको छ। नर्वेजियनको ६० मेगावटको खिम्ती र अमेरिकाको ३६ र ९ मेगावाटको भोटेकोसीबाट पहिलो पटक निजि स्तरबाट बिजुली उत्पादन भएदेखि निजि क्षेत्रको सक्रिय सहभागिता देखिन्छ। त्यसयता निजि क्षेत्रले ५५० मेगावाट बिजुली उत्पादन गरिसकेको छ। यस आधारमा सरकारले भन्दा निजि क्षेत्रबाट धेरै बिजुली उत्पादन भएको देखिन्छ। 

अहिलेको बिजुलीको माग एक हजार दुई सय ८१ मेगावाट भएकोलाई आधार मान्ने हो भने आपूर्तिको लागि बिद्युत प्राधिकरणको योगदान ४७७ मेगावाट छ भने निजि क्षेत्रबाट २३४ मेगावाट छ। बाँकी अपुग ५७० मेगावाट प्राधिकरणले भारतबाट किनेर व्यवस्थापन गरेको छ। भारतबाट किनिने बिजुली औषतमा ४५० मेगावाट हुने प्राधिकरणको भनाई छ। 

ढल्केबगर मुजप्फर अन्तर देशीय प्रसारण लाइनबाट २४० मेगावाट र टनकपुर महेन्द्रनगर प्रसारण लाइनबाट ३० मेगावाट बिद्युत ल्याएर प्राधिकरणले बिद्युत आपूर्तिको ब्व्यस्थापन गरिरहेको छ। आवश्यक पर्दा प्रयोग गर्ने सहमति अनुसार प्राधिकरणले उत्तरप्रदेशका बिभिन्न ठाउँबाट बिजुली आयात गरेको छ। 'उत्तरप्रदेशबाट ल्याएको बिजुली आवश्यक पर्दा प्रयोग गरेका छौँ, हाम्रोमा बढी हुँदा उता बिजुली पठाएका छौँ, यसले प्राधिकरणको लागत केहि घटेको छ' प्रवक्ता अधिकारीले बताए । 

दश बर्षमा दश हजार मेगावाटको लक्ष्य सहजै पुरा

अहिले निजि क्षेत्रबाट ३००० मेगावाट बिजुली निर्माणधिं अवस्थामा छन। त्यस्तै वित्तीय व्यवस्था जुटाएर २५०० मेगावाट आउने क्रममा छ। अबको ४ बर्षमा ५५०० मेगावाट थप हुने क्रममा छ। त्यसमाथि प्राधिकरण आफैंले ६००० मेगावाट बिजुली उत्पादन गर्नलाई सम्झौता गरिसकेको छ। '१० बर्षमा १० हजार मेगावाटको लक्ष्य सहजै पुरा हुन्छ, अहिले नै ६००० मेगावाट भईसकेको छ, अर्को ६००० मेगावाट प्रस्ताबमा छन' प्रवक्ता अधिकारीले भने। 

इनर्जी बैंक 

तामाकोशीको ४५६ मेगावाट आएपछि अहिलेको अवस्थालाई हेर्दा बिद्युत बढी हुने देखीएकाले इनर्जी बैंक खडा गर्ने तयारीमा प्राधिकरण छ। बढी भएको बिजुली भारतमा पठाउने र हिउँदमा त्यहि बिजुली नेपालले लिने गरि नेपाल र भारतबीच सहमति समेत भैसकेको छ। भारतसंग बिद्युत खरिद बिक्रिमा बार्टर सिस्टम बनेपछि त्यसले प्राधिकरणको आम्दानी बढाउने निश्चित छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved