'बजेटले निजि क्षेत्रको बिजुलीलाई चिनेन, नियतनै संधै भारतको भर पर्न खोजेको देखियो'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2019 | 01:06:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादक संघ  इपानले सरकारले १ खर्ब २५ अर्बको लगानी गरिसकेको नीति क्षेत्रलाई नसमेटी बजेट ल्याएको बताएको छ । संघका अध्यक्ष शैलेन्द्र गुरागाईले सवा खर्ब लगानी गरेको निजि क्षेत्रको सुझावलाई नसमेटी सरकारले बजेट ल्याएको बताएका हुन।  

 नेपाल बिद्युत प्राधिकरणको भन्दा बढी बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने क्षेत्रलाई सरकारले बाईपास गरेर बजेट ल्याएको उनले बताए । अहिलेको अवस्थामा ३ वटा आयोजनाले मात्र बैंकको किस्ता तिर्न सकेको र बाँकिले किस्ता समेत तिर्न नसकेको अवस्थामा बजेट मार्फत आफुले केहि न केहि सहुलियतको अपेक्षा गरेको उनले बताए । उनले भने ' ९ प्रतिशत भन्दा  बढी ब्याज तिर्नु नपर्ने ब्यबस्था गर्न हामीले सुझाव दिएका थियौ, त्यस बारे केहि पनि आएँन '। 

बजेटमा आफुहरुको लागि सकारात्मक शब्द खर्च गर्न पनि कन्जुस्याइँ गरेको उनले बताए । उनले भने 'निजि क्षेत्रले ६ सय मेगावाट जोडेको छ भनेर धन्यवाद मात्र भनिदिएको भए पनि खुसी हुने केहि ठाउँ रहन्थ्यो ' । उनका अनुसार निजि क्षेत्रले ७ खर्ब लगानीका आयोजनाहरु अगाडी बढाएको अवस्थामा तिनीहरुलाई सम्पन्न गर्न पनि केहि योजना आएन । उनी प्रश्न गर्छन '१५ हजार भन्दा बढी मेगावाटको अध्ययन स​केर​ निर्माण​मा जान​ इच्छुक निजि क्षेत्र​को बारेमा केहि न​बोल्नु, निजि क्षेत्रले नेपालमा उत्पादन गरेको बिजुली नचिन्नु  ब​जेट ब​नाउनेको दृष्टि दोष मात्रै हो कि निय​त नै प​र​निर्भ​र (भारतको भर) बन्न खोजेको स्तो देखियो, के सधैं अरुमाथि निर्भर बनि राख्ने हो ? ' 

उनले भने 'यति धेरै योगदान गरेको निजि क्षेत्रलाई बेवास्ता गरेर बजेट आउँदा हामीलाई धेरै नमज्जा लागेको छ, चित्त दुखेको छ' ।  बिजुलीलाई हेला गर्नु भनेको अहिलेको परिवेशमा सम्वृद्धिलाई नै हेला गरे सरह हुने बताउदै उनले हालका समस्या समाधान हुनु पर्ने बताए । 

यद्यपि उनले सरकार दुई तिहाईको भएकोले बजेटमा नआएपनि आफ्ना मागहरु सरकारले पुरा गर्ने उनले बिश्वास व्यक्त गरे ।  लगानी सम्मलेन हुनु अगाडी रातारात नियमहरु संसोधन गरिएको स्मरण गराउदै उनले निजि क्षेत्रको उर्जाको माग पनि यसै गरी सरकारले समेट्न सक्ने र समेट्नु पर्ने बताए ।  सरकारले यति गरेमा मात्र अलपत्र परेका  आयोजना बन्ने र देश सम्वृद्धिको बाटोमा जाने उनले बिश्वास व्यक्त गरे । 

यो पनि : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved