जोशी हाइड्रोमा ५ करोडको क्षति, कुन कम्पनीमा गरिएको छ बिमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 08:08:41 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा मंगलबार आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइन जेनेरेटरमा एक्कासी आगो लागेको हो । केही दिनअघिबाटै सञ्चालन हुन छोडेको जेनेरेटर  मंगलबार  सञ्चालन गर्न साथ आगो लागेको हो । 

स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रहरी, कर्मचारीलगायतको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालले आगलागी हुँदा झण्डै ५ करोडको क्षति भएको बताए । 

कम्पनीका प्रशासन तथा लेखा प्रमुख सुधिर लामिछानेले आफु बाहिर भएकोले के कारण आगलागी भएको र क्षति के कति भयो भन्ने जानकारी  आफु समक्ष आईनसकेको बताएका छन् । क्षतिको विवरण र कारण बारे अध्ययन गर्न आज काठमाडौँबाट एक टोलीले इल्लाम तर्फ गएको कम्पनीले जनाएको छ। 

बिमा भने एभरेष्ट इन्स्योरेन्समा गरिएको प्रशासन तथा लेखा प्रमुख लामिछानेले बताए । यस संगै जोशीले बिमा दाबी गरेमा एभरेष्टले दाबि भुक्तानी दिनु पर्ने देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved