तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 12:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको आयोजनाको कामकाज त्यहाँ कार्यरत कामदार र कर्मचारीले गरेको तालाबन्दिकोे कारण एघार दिनदेखि ठप्प भएको हो ।

आयोजनामा कार्यरत ४० कर्मचारीले जेठ २० देखि निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीलाइ स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युतगृहलगाएतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउन लगायतका माग राखेर कुश्मा नगरपालिका ८ मा रहेका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आन्दोलनको कारण विद्युतगृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत दश दिनदेखि बन्द भएको छ । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved