सान्जेन खोला जलविद्युत आयोजनामा ३ बैंकले लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 09:57:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ३ वटा बैंकले ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा लगानी गर्ने भएका छन् । एनआईबिएलको नेतृत्वमा कुमारी बैंक र सिटिजन बैंकले लगानी गर्ने भएका हुन् । लगानी सम्बन्धि सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका हुन् । 

उक्त योजना सालासुंगी पावर कम्पनीले निर्माण गर्ने छ । यो चाइना हार्बर इन्जीनियरिंग कम्पनीबाट प्रबर्दित कम्पनी हो  ।  आयोजनाको कुल लागत १३.२ अर्ब रहेको छ । जस मध्ये ३० प्रतिशत संस्थापकको लगानी रहने छ भने बाँकि ७० प्रतिशतमा बैंकहरुले लगानी गर्ने भएका हुन् । ३० प्रतिशत संस्थापक शेयर मध्ये ९२ प्रतिशत स्वामित्व चाइना हार्बरको रहने छ भने बाँकि ८ प्रतिशत भने नेपाली साझेदारको लगानी रहने छ। नेपाली साझेदारमा विष्णुराज अधिकारी छन् जो हाल सिनर्जी पावरका अध्यक्ष समेत हुन् । 

आयोजना रसुवाको सान्जेंन खोलामा निर्माण हुने छ ।  यहि खोलामा जनताको जलविद्युत आयोजना अन्तर्गतको सान्जेंन जलबिद्युत आयोजना पनि निर्माण भईरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved