अपर तामाकोशी आयोजना 'हात्ती छिर्यो पुच्छर अड्क्यो' जस्तै, कहिले हुन्छ सम्पन्न ?

रासस

रासस

Jun 17, 2019 | 01:28:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ । चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको नाकाबन्दी अन्य प्राकृतिक विपत्तीको मारमा माथिल्लो तामाकोशीलगायतका आयोजना परे । सोही कारण आयोजनाको लागत बढेर रु ७३ अर्बको हाराहारीमा पुग्यो । समय र लागत बढ्दा त्यसको प्रभाव समग्र आर्थिक वृद्धिमा समेत पर्न गएको छ ।

समग्र आर्थिक वृद्धिदर नै आयोजनाका कारण प्रभाव पर्न थालेपछि सरकारले माथिल्लो तामाकोशीलाई तोकिएको समयमा निर्माण सम्पन्न गर्न प्रयास गरेको छ । राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई कुनै पनि साधन र स्रोतको अभाव हुन नदिन सरकारले सार्थक प्रयत्न गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिरहेको छ । मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आयोजनामा कुनै पनि समस्या हुन नदिन र समस्या देखिए आयोजनास्थलमा नै बैठक राखी सहजीकरण गर्न निर्देशन दिएका छन ।

सोही निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले प्रत्येक महीनामा आयोजनास्थलमा आयोजना, निर्माण व्यवसायी र परामर्शदाताको बैठक आयोजना गरी थप सहजीकरण गरेका छन । आयोजनाको हाल भौतिक प्रगति ९८ प्रतिशत भएको छ । तर, बाँकी दुई प्रतिशत भौतिक प्रगति गर्न आयोजनालाई ‘हात्ती छि¥यो, पुच्छर अड्क्यो’ जस्तै भएको छ ।

आयोजनाको जटिल मानिएको दुई वटा ठूला सुरुङमा स्टिलका ठूला पाइप राख्नु रहेको छ । कहिले पाइप बोक्ने डोरी चुडिएर समस्या, त कहिले निर्माण व्यवसायीको कार्यसम्पादन क्षमतामा देखिएको जटिलताका कारण आयोजना पर धकेलिने त होइन भन्ने चिन्तासमेत बढेको थियो । पहिलो ठाडो सुरुङ ३१० मिटर लामो छ भने दोस्रो ३७२ मिटर लामो छ ।

ठाडो सुरुङमा पाइप जडान शुरु स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार राति सफलतापूर्वक पाइप जडान गरिएको हो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आइतबार दिँउसो २ बजेदेखि शुरु भएको पाइप जडान कार्य राति १० बजेसम्म चलेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरणका सञ्चालकद्वय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न शुरु गरिएको उनले जानकारी दिए ।

तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र ३.६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरो आकारको पाइप अर्थात् ‘बेण्ड पेनस्टक पाइप’ मा आज पुनःअर्को पाइप राखिएको छ । सो पाइपलाई मिलाउने, जडान गर्ने र त्यसपछि ढलान गरिनेछ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौल हटेको कार्यकारी निर्देशक घिसिङले बताए । पेनस्टक’ पाइप जडान असाध्यै गाह्रो थियो । यसअघि जडान शुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो । “त्यसपछि क्रेनले काम गर्ने÷नगर्नेलगायतका अन्योल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्योल हट्दै आयोजना सम्पन्न हुनेतर्फ काम बढेको छ”, उनले भने ।

आयोजनाको पहिलो युनिटबाट आगामी पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मन्त्रालयले दिएको स्वीकृतिअनुसार आयोजना आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । पछिल्लो व्यवस्थाअनुसार क्रेनले अब लगातार पाइप झार्ने हुँदा अब कामले गति लिने विश्वास लिइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

शनिबार देशकै ठूलो सवस्टेशन निर्माण भइरहेको ढल्केबर पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगत्तै माथिल्लो तामाकोशीको आयोजनास्थल गोगर पुगे । मन्त्री पुनले पनि हरेक साता आयोजनाको प्रगति विवरण लिइ रहेका छन् । कार्यकारी निर्देशक भन्छन्, “आयोजनामा लिएको जिम्मेवारी शीघ्र पूरा गर्न सबै पक्ष लाग्नुपर्छ ।”

सबै संरचनाको काम समानान्तर आयोजनाको लामाबगरमा रहेको बाँधमा ‘फिनिसिङ’ को सानातिना काम भइरहेको छ । सुरुङ, प्रशारण लाइन निर्माणको काम समानान्तररुपमा अगाडि बढिरहेको छ । सबै संरचना निर्माणको अन्तिम चरणमा छन् । आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका निर्धारण गरिएको थियो ।

सो तालिकमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि आगामी पुस १५ भित्र पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ । सो कार्यतालिका अनुसार हरेक महीनाको फरकमा बाँकी रहने पाँच युनिटबाट विद्युत् उत्पादन गरिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved