बाढीले अरुण तेस्रोमा क्षति, २ सय क्विन्टल निर्माण सामग्री बगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 05:56:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सङ्खुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु¥याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु¥याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ ।

प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–५ मा अरुण तेस्रोको दुई सय क्विन्टल छड तथा निर्माण सामग्रीसमेत बगाएको छ । खाँदबारी नगरपालिका–१० चवाबेँसीमा पनि निर्माणाधीन कात्तिकेघाटको पक्की पुलका लागि राखिएका सामग्रीसमेत बगाएको छ । चिचिला गाउँपालिका–४ मा खाँदबारी–किमाथाङ्का सडक खण्डको सुम्भाभीरदेखि कप्तानेसम्मको तीन किलोमिटर सडक ठाउँठाउँमा बगाएको छ । मकालु गाउँपालिका–५ नुममा पहिरोले अजित राईको घर पुरेको लामाले जानकारी दिए । उक्त क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved