रसुवागढी जलविद्युत् आयोजनामा पहिरो, सुरुङभित्रै थुनिए १५ कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो गएको छ । बिहिबार बेलुका करिब साढे ८ बजे तिर अचानक पहिरो गएको हो 

सुख्खा पहिरोले सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिक भित्रेै थुनिएका छन् । सुरुङको मुख बन्द भएकोले उनीहरु आफै बाहिर आउँन सक्ने अवस्था नरहेको आयोजना प्रमुख छवि गैरेले बताए। यद्यपि उनीहरु सकुशल छन् 

 फसेका कामदारलाई उद्धार गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved