अझै रोकिएन रसुवागढीको पहिरो, सुरुङमा फसेकाको सकूशल उद्दार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 06:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ भित्र खटिएका कामदारको सकुशल उद्दार गरिएको छ   ९ नेपाली र ६ जना चिनियाँ नागरिकको शुक्रबार बिहान उद्दार गरिएको हो 

बिहिबार बेलुका आयोजना निर्माण स्थलमा सुख्खा पहिरो जाँदा उनीहरु रात भर सुरुङ भित्रै थुनिएका थिए । बिहिबार बेलुका करिब साढे ८ बजे तिर अचानक पहिरो गएको हो । उनीहरुको ११ घण्टा पछि सकुशल उद्दार गरिएको हो  फसेका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेको हो    थुनिएका कामदार मध्ये एक जना सामान्य घाइते रहेको आयोजना प्रमुख छवि गैरेले बताए । 

आयोजना निर्माण स्थलमा अझै पनि पहिरो खसिरहेको छ  । पह्रिरो जाने क्रम नरोकिएपछि काम रोकिएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved