भारतले कर्णालीको बिजुली बंगलादेशलाई बेच्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 03:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले त्यहाँबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्रि गर्ने भएको छ। 

नेपाल र वंगलादेशबीचको उर्जासंयन्त्रको ढाकामा सम्पन्न सचिवस्तरिय वैठकले गरेका निर्णयवारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले यसबारे जानकारी दिएका हुन। 

घिमिरेकाअनुसार कर्णालीको बिजुली बंगलादेशलाई बेच्नको लागि पिपिए सम्झौता अन्तिम चरणमा पुगेको छ। २०७६ असार ५-६ गते बङ्लादेशको कोक्सस बजारमा सम्पन्न सचिव र सह–सचिव स्तरीय बैठकले कर्णालीबाट उत्पादित ५०० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने निर्णय अनुमोदन गरेको हो। 

कर्णालीको बिजुलि बंगलादेश निर्यात गर्ने निर्णय अनुमोदन भएपनि कति मुल्यमा बिजुली निर्यात गर्नेबारे टुंगो लागिनसकेको प्रवक्ता घिमिरेले बताएका छन। पीपीएमा ट्यारिफको कुरा मिल्न बाँकी रहेको घिमिरेले बताएका छन।  

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved