अपर तामाकोशीको साधारणसभा रोक्न माग गर्दै निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 04:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशीको साधारणसभा स्थगित गर्न माग गर्दै निवेदन परेको छ । कम्पनीको आगामी असार ११ गतेको लागि तय भएको साधारणसभा र  संचालक समितिको निर्वाचन रोक्न माग गर्दै निवेदन परेको हो 

आयोजना निर्माणस्थल दोलखाको बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले साधारणसभा स्थगित गरी नयाँ मिति प्रस्ताव गर्न माग गर्दै निवेदन दिएका हुन् । कम्पनीले स्थानीय सरकार, स्थानीय लगानीकर्तालाई समय मै जानकारी नदिएकोले आम जन सहभागिता बिना साधारणसभा हुन् नसक्ने भन्दै खड्काले साधारणसभा रोक्न माग गरेका हुन् । 

उनले स्थानीय सरकार र सरोकारवालासँग परामर्श गरेर नयाँ मितिमा साधारणसभा गर्न समेत माग गरेका छन् । खड्काले आफुले इमेल मार्फत सोमबार निवेदन दिएको बिजपाटीलाई जानकारी दिए । 

आयोजना प्रमुख बिज्ञान श्रेष्ठले भने ऐन र कानुनमा भएको व्यबस्था अनुसार नै साधारणसभा अगाडी बढ्ने बताएका छन् । श्रेष्ठले नियम अनुसार समयमा नै गोरखापत्रमा सूचना प्रकाशित गरेको, कम्पनीको वेबसाइटमा पनि सूचना राखेकोले सूचना नदिएको भन्न नमिल्ने बताए । यदि साधारणसभाको बिरुद्दमा केहि उजुरी परे त्यसलाई बोर्ड बैठकमा पेश गरिने र बोर्डले त्यसको निर्णय गर्ने उनले बताए । 

११ गतेको लागि तय भएको साधारणसभाले ४ जना संचालक समेत चयन गर्ने छ । ४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका छन् 

यस्ता छन् उम्मेदवार 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved