निजि क्षेत्रले माग्यो विदेशमा बिजुली बेच्ने अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 03:10:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले सरकारले अनुमति दिए निजि क्षेत्र आफैले बिजुली विदेशमा निर्यात गर्ने बताएको छ। इपानले सरकारले अनुमति मात्र दिए आफैले सम्झौता गरेर, सम्पूर्ण पूर्वाधार तयार पारी आफै जोखिम लिएर बिजुली बंगलादेश र भारतमा निर्यात गर्ने बताएको हो ।

आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा करिब १७ हजार मेगावाट बिजुली निर्यात गर्न सकिने इपानले जनाएको हो । इपानका अनुसार विद्युत् खरीद सम्झौता नभएका तर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता पाँच हजार ५५७ मेगावाट रहेको र निजी क्षेत्रले अनुमति लिई अध्ययनमा रहेका आयोजनाको क्षमता ११ हजार २८९ मेगावाट रहेको छ । यी बिद्युत उत्पादन भईसकेपछि आन्तरिक मागलाई पुरा गरेर बढी भएको बिजुली बेच्न इपानले सरकारसंग अनुपति माग गरेको हो ।

इपानको प्रतिनिधिमण्डलले यही असार ३ देखि ५ गतेसम्म क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यान्वयनबारे छलफल गर्न भारतको भ्रमण गरेको थियो । सोही भ्रमणका क्रममा भारतीय अधिकारीले नेपालको सरकारसँगै निजी क्षेत्रसँग समेत मिलेर जलविद्युत् क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको संस्थाका अध्यक्ष शैलेन्द्र गुरागार्इंले जानकारी दिए । सरकारले अनुमति दिएको खण्डमा आफूहरु पनि विद्युत् व्यापारका लागि तयार रहेको उनले बताए ।

भारतीय पक्षले नेपालको निजी प्रवद्र्धकले अध्ययन तथा विकास गरिरहेका आयोजनाका सम्बन्धमा चासो व्यक्त गरेको जानकारी दिँदै अध्यक्ष गुरागाईले नेपालको जलविद्युत् भारतको बजारका सामु एउटा नयाँ सम्भावनाका रुपमा प्रस्तुत भएको बताए । भारतीय पक्षले प्रति युनिट ४ रुपैयाँ भारतीय रुपैयाँमा बिजुली खरिद गर्न तयार रहेको समेत उनले जानकारी दिए ।

इपानले क्षेत्रीय विद्युत् व्यापारका लागि रहेको कानूनी तथा प्राविधिक जटिलता हटाउनसमेत आग्रह गरेको छ । सरकारले राष्ट्रिय समृद्धिको वाहकका रुपमा जलविद्युत्लाई स्वीकार गरेको सन्दर्भमा आन्तरिक माग पूरा भएपछि नेपालको विद्युत्को बजार क्षेत्रीय विद्युत् बजार नै भएकाले आवश्यक सहजीकरण गरिदिन इपानले आग्रह गरेको हो । 

विद्युत् व्यापार गर्ने लक्ष्यका साथ निजी क्षेत्रले हालै मात्र नेपाल पावर एक्सचेञ्ज लिमिटेड स्थापना गरेको छ । सो कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कूल ५२९ मेगावाट बराबरको विद्युत् बिक्रीका लागि अनुमति दिन माग गर्दै आवेदन दिएको छ । कम्पनीले भारत, बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ को दफा २२ को २ अनुसार स्वीकृति प्रदान गर्न आग्रह गरेको हो । प्राधिकरणले आरओआर प्रकृतिका आयोजनाको पिपिए रोकेकोले ति आयोजनाबाट उत्पादित हुने बिद्युत निर्यात गर्नको लागि अनुमति माग गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved