तामाकोशीको साधारणसभाको लागि नयाँ मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 12:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशीको स्थगित भएको साधारणसभा असार ३१ गते मंगलबार हुने भएको छ । असार ११ गतेको लागि तय भएको साधारणसभा स्थगित भएपछि बोर्ड बैठकले असार ३१ मा सभा गर्ने प्रस्ताव गरेको हो । साधारणसभाको औपचारिक सूचना भने शुक्रबार प्रकाशित हुने सीईओ  विज्ञानराज श्रेष्ठले जानकारी दिए ।

 बुधबारको लागि तोकिएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । कम्पनी ऐन २०६३ अनुसार साधारणसभामा प्रस्ताव पारित गर्नको लागि कम्तिमा  ६७ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी उपस्थिति हुनु पर्ने छ । स्वयम् र प्रोक्सीमा समेत गरी गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभामा ५६ प्रतिशत शेयर स्वामित्व भएका शेयरधनी मात्र उपस्थित भएका थिए  ।

साधारणसभामाले  आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ४ जना संचालकको निर्वाचान गर्ने छ । 

४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका छन्

यस्ता छन् उम्मेदवार । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved