महिलाले मात्र आवेदन दिने आईपिओ ल्याउन सरकार तयार (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 08:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले महिलाहरुले मात्र लगानी गर्ने गरी विद्युत आयोजना निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले महिला, शिक्षक लगायतहरुले मात्र लगानी गर्ने गरी आयोजना निर्माण गर्न सकिने बताएका हुन् । 

उनले कर्मचारीको मात्र लगानीमा वेतन कर्णाली आयोजना अघि बढेको बताउदै यहि मोडलमा महिलाको लागि छुट्टै आयोजना निर्माण गर्न सकिने बताएका हुन् । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि निर्देशन र सुझाव रहेको उनले बताए ।

केहि समय अगाडी अर्थमन्त्री डा युवराज खतिवडाले महिलाहरुलाई आईपिओमा आरक्षण दिनु पर्ने धारणा व्यक्त गरेका थिए ।

हेर्नुस भिडियो: 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved