मन्त्रीको दाबी 'जनताको जलविद्युत आयोजना अन्तर्गतको शेयर हरियो नै भईराख्छ' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 09:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जनताको जलविद्युत आयोजना अन्तर्गत निष्काशन भएका शेयर नेप्सेमा सधै हरियो नै रहिरहने बताएका छन् ।  राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले १५ देखि १७ प्रतिशत प्रतिफल दिने आयोजना छनौट  भएकोले लगानी सुरक्षित भएको बताएका हुन् । 

आयोजना छनौटमा सतर्क भएर नाफा दिने आयोजना मात्र छानेको, सुरुमा १० प्रतिशत मात्र रकम उठाई आयोजना ५० प्रतिशत पुरा भएपछि मात्र बाँकि रकम उठाईने गरेको , शेयर कारोबार योग्य नहुँदासम्म ८ प्रतिशत ब्याजको ग्यारेन्टी भएकोले यसमा गरिने लगानी सुरक्षित भएको मन्त्री पुनले दाबी गरेका हुन् 

प्रधानमन्त्री, सभामुख, मन्त्री र आफु स्वयं कै पनि लगानी भएकोले पनि उनले यो आयोजना समय मै संम्पन्न गर्ने प्रतिवद्दता जनाए 

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved