अपर तामाकोशीमा निर्वाचन स्थगित, साधारणसभा के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 05:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अदालतको आदेशको कारण अपर तामाकोशीको साधारणसभा प्रभावित हुने भएको छ । उच्च अदालत पाटनको आदेशले कम्पनीको संचालक समितिको निर्वाचन रोकिने भएको हो । कम्पनीले असार ३१ गते साधारणसभा आह्वान गरेको थियो । साधारणसभामा संचालकको निर्वाचन समेत गर्ने तयारी थियो । तर अब अदालतको आदेश संगै निर्वाचन रोकिने भएको छ । 

के थियो विवाद ? 

सञ्चालकमा आवेदन दिएकी गोसाईं केसीले कम्पनी ऐनअनुसार सञ्चालकमा महिला कोटा अनिवार्य हुनुपर्ने मागसहित आइतबार अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दामा सुनुवाई गर्दै अदालतले कम्पनी ऐनअनुसार निर्वाचन गर्नु/गराउनु भन्ने निर्देशन दिएको छ । कम्पनी ऐनको दफा ८६ को उपदफा (२) मा महिला सेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक हुनुपर्ने उल्लेख छ ।

निर्वाचन रोकिने भएपनि साधारणसभा भने नरोकिने कम्पनीका सीइओ विज्ञानराज श्रेष्ठले जानकारी दिए । साधारणसभाले  आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने छ 

संचालकको निर्वाचनको कार्यक्रमको लागि भने कम्पनीले नयाँ सुचना जारि गर्ने छ । कम्पनीले ४ जना संचालक नियुक्त गर्नु पर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved