१ महिनादेखि सुतीखोला जलविद्युत आयोजना बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 07:26:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बेझाडको सुतीखोला लघु जलविद्युत आयोजना बन्द भएको छ । तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको हो । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले बताए । “३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिए पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको छ”, उनले भने ।

अबको एक हप्तामा कुलो मर्मतकार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना रहेको छ । विसं २०६४ मा सञ्चालनमा आएको यस आयोजनाबाट केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगे पनि यहाँका स्थानीयवासीलाई विद्युत् आपूर्तिमा ठूलो सहयोग मिलेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved