यस वर्ष मात्रै ५० करोडको बिजुली भारत निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 11:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले यस वर्ष भारतलाई ५० करोड बराबरको बिजुली निर्यात गरेको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनले यस बर्ष मात्रै भारतलाई ५० करोड बराबरको बिजुली निर्यात गरेको जानकारी दिएका हुन् ।

संसदको बिहिबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री पुनले गत बर्ष ७ करोड र यस बर्ष ५० करोडको बिजुली निर्यात गरिएको जानकारी दिएका हुन् । उनले यो बिजुली यस अघि भारतसंग गरिएको पावर एक्चेन्ज सम्बन्धि सम्झौता अनुसार गरिएको बताए ।

यस पटक भारि बर्षाका कारण कुलेखानी भरिंदा त्यस आयोजनालाई २४ सै घण्टा चलाएर विजुली निर्यात गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved