२५ प्रतिशतको विद्युत चुहावटलाई कुलमानले १५ प्रशितमा झारे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 12:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिरकणले एक वर्षमै विद्युत चुहावट दर ५ प्रतिशतभन्दा बढीले कम गर्न सफल भएको छ । एकवर्षमा विद्युत चुहावटको मात्रा घटेको यो नै हालसम्मको उच्च उपलब्धि हो । प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा चुहावटलाई १५.३२ प्रतिशतमा झारिएको जनाएको छ ।

आव २०७४/७५ मा चुहावट दर २०.७८ प्रतिशत रहेकोमा यसलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य लिईएको थियो । तर लक्ष्यभन्दा धेरै ५.१३ प्रतिशत चुहावट नियन्त्रण गर्न सफल भएको प्राधिकरणले जनाएको छ । 

२०७३ भदौमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली हुँला चुहावट दर २५.७८ प्रतिशत थियो । प्राधिकरणले वितरण केन्द्रका प्रमुखसँग कार्यसम्पदान मूल्यांकन गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न थालेपछि सकारात्मक प्रभाव परेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved