कुलमानको कमाल: प्राधिकरणको नाफा ७ अर्ब, एक बर्षमा ३८ आयोजना सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 12:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड मुनाफा कमाएको छ । यो मुनाफा आर्थिक वर्ष २०७४/०७५ को भन्दा १४९ प्रतिशतले बढी भएको प्राधिकरणले जनाएको छ । प्राधिकारणले आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ९० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

मंगलबार उर्जा, जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरेर प्राधिकरणको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक वर्षमा प्राधिकरणले सावा, ब्याज र रोयल्टी गरी सरकारी ढुकुटीमा मात्रै साढे १५ अर्ब भन्दा बढी रकम जम्मा गरेको मन्त्री पुनले जानकारी दिए । 

प्राधिकरणले विद्युत खरिदतर्फ निजी उत्पादकहरुबाट १४ अर्ब १३ करोड विद्युत खरिद गरेको छ भने भारतबाट २३ अर्ब ३ करोडको विद्युत आयात गरेको छ । त्यस्तै नेपालले  ३२ करोड रुपैयाँको विद्युत निर्यात समेत उर्जामन्त्री वर्षमान पुनले पत्रकार सम्मेलनमा जानकारि दिए । 

गत आर्थिक वर्षमा प्रसारण लाईनमा पनि उल्लेख्य प्रगति हाँसिल भएको प्राधिकराण्का संचालक सदस्य समेत रहेका उर्जासचिव दिनेश घिमिरे बताए । प्राधिकरणले ७६१ सर्किट कि.मि. प्रसारण लाईन निमार्ण गर्ने लक्ष्य लिएकोमा ७५७ सर्किट कि.मि निमार्ण भएको भन्दै यसलाई उल्लेख्य उपलब्धी मान्नुपर्ने बताए । 

प्राधिकरण गत आर्थिक वर्षमा १३ आयोजनाको ठेक्का रद्ध गरी पुन: ठेक्का प्रक्रिया सुरु भएको छ । त्यस्तै रुग्न अवस्थामा रहेको ६० मेगावाटको अपर त्रिशुली थ्रि ए आयोजना तथा कावेली करिडोर लगाएत उत्पादनतर्फ १, प्रसारण तर्फ ३ र वितरण तर्फ ३४ वटा गरि कुल ३८ वटा आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएको मन्त्री पुनले जानकारी दिए । 

गत आर्थिक वर्षमा प्राधिकरणमा कुल ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) विद्युत उपलब्ध भएको प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ । जसमध्ये २ अर्ब ५५ करोड युनिट प्राधिकरणको आयोजनाबाट उत्पादन भएको तथा २ अर्ब १९ करोड युनिट नीजि उत्पादकबाट उत्पादन भएको र २ करोड ८१ लाख युनिट आयात गरिएको प्राधिकरणले जनाएको छ । 

चालु आर्थिक वर्षमा १०० मेगावाट विद्युत सरकारी ग्रिड जडान गर्ने लक्ष्य लिएको मन्त्री पुनको भनाई छ । नेपालमा जलविद्युतको उत्पादन र त्यसको बजारीकरण गर्न भारत र चिनको समकक्षीलाईलाई  छलफलको लागि आमन्त्रण गरिएको उनले जानकारी दिए । यस्तै अन्तराष्ट्रिय प्रसारण लाइनमा पनि ढलल्केवर मुजफ्पुर ४०० केभि प्रसाण लाईन निमार्ण सम्पन्न गरेर चार्जिङ भइरहेको तथा अब दोस्रो प्राथमिकतामा बुटवल गोरखपुर प्रसाण लाईन निमार्ण अगाडी बढाउने उनले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र आन्तरिक सुधार भईसकेको भन्दै पछाडी फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved