निजि क्षेत्रलाई उर्जामन्त्रीको आश्वासन 'उत्पादन गरेको सबै बिजुली सरकारले किन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 03:50:23 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले निजि क्षेत्रले उत्पादन गरेको सबै बिद्युत सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्  ।नेपाल बिद्युत प्राधिकरणको ३४ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले सबै बिजुली नेपाल विद्युत प्राधिकरणले  किन्ने भएकोले ढुक्क भएर जलविद्युतमा लगानी गर्न निजि क्षेत्रलाई आग्रह गरेका हुन्  

प्राधिकरणका अध्यक्ष समेत  रहेका मन्त्री पुनले लाईसेन्स दिईसकेपछि उत्पादन भएको बिजुली समेत किन्ने दायित्व सरकार कै भएकोले यसबाट पछाडी नहट्ने बताएका हुन्  । उनले निजि क्षेत्रलाई सक्दो लगानी गर्न र विजुली उत्पादन भईसकेपछि सरकार कै नीतिको कारण बिक्रि गर्न समस्या नहुने बताएका हुन्  

हाल रन अफ द रिभर परियोजनाको खरिद बिक्रि सम्झौता नै हुन् छाडेको सन्दर्भमा उनले भने 'रन अफ द रिभरको हकमा कोटा पुरा भएका कारण केहि समस्या देखिएका छन्, यसलाई सरकारले सम्बोधन गर्छ, निजि क्षेत्रले जति बिजुली उत्पादन गरेपनि प्राधिकरणले किन्छ'  । उनले स्वतन्त्र उर्जा उत्पादन संघका अध्यक्षलाई यो खबर आफ्ना सबै सदस्यहरु माझ पुर्याईदुन समेत आग्रह गरे । 

उनले देश मै खपत बढाउने सरकारको लक्ष्य भएको र छिमेकि बजारमा समेत इनर्जी बैंकिंङको अवधारणा  अनुसार अन्तरिक माग पुरा भएपछि निर्यात गरिने बताए  । 

उनले उर्जा मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने र बिद्युत प्राधिकरणलाई संस्थान मध्ये कै उत्कृष्ट संन्स्थान बनाउने घोषणा समेत व्यक्त गरे  । कार्यक्रममा मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वको प्रशंशा समेत गरे  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved