८ तस्विरमा हेर्नुस बाढीले रसुवागढी आयोजनामा पुर्याएको ब्यापक क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 11:06:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवागढी जलविद्युत आयोजनामा ब्यापक क्षति पुर्याएको छ ।  राति एक्कासी आएको बाढीले आयोजनाको मुख्य संरचनामा क्षति पुर्याउनुको साथै पेन स्टक पाएप समेत बगाएको छ । 

आयोजना प्रमुख छबि गैरेका अनुसार बाढीले टिमुरे भन्सार कार्यालय (सुख्खा बन्दरगाह)बाट रसुवागढी जलविद्युत आयोजनतर्फ जाने बेलीव्रिज बगाएको बताए । उनका अनुसार त्यस ब्रिजबाट अब आवतजावत गर्ने अवस्था नै छैन । त्यस्तै बाढीले हेडवर्क्स , कफर ड्याम र ३ वटा पेन स्टक पाएप समेत बगाएको आयोजना प्रमुख छबि गैरेले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीयवासिन्दाको लागि फोहोर जलाउनको लागि बनाईएको इन्सीनरेटर समेत बगाएको छ 

बाढीको संकेत  पाउँना साथ हिजो रातभर आयोजनाका ४५ कर्मचारी लिएर आफुहरु उच्च स्थानमा बसेको र पानीको सतह घटेपछि राति करिब २ बजे फर्किएको उनले बताए। आज बिहानबाट क्षतिको विवरण सुरु गरिएको र पूर्ण क्षतिको विवरण आउँन थप समय लाग्ने उनको भनाई छ ।  

चीन तर्फ भारी बर्षा भएकोले भोटेकोशी नदीमा अचानक भिषण बाढी आएको हो ।  

हेर्नुस फोटो फ्रेम, दोस्रो फोटो हेर्नको लागि फोटोको दाहिने पट्टि देखिने खैरो लाइनमा वा दाहिने तर्फ नै देखिने सानो बक्समा क्लिक गर्नुहोला :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved