रु रु जलविद्युत परियोजना लिमिटेडले साधारणसभा डाकेको छ। कम्पनीले भदौ ३० गते सोमबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सभा आह्वान गरेको हो ।
कम्पनीले सभामा लाभांश प्रस्ताव पारित गर्ने, बार्षिक प्रतिवेदन, वित्तीय विवरण छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ति गर्ने सामान्य प्रस्ताव पेश गर्ने छ। त्यस्तै कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रिमियम सहित आईपिओ जारि गर्ने प्रस्ताव समेत सभामा पेश गर्ने भएको छ ।
कम्पनीले ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना संचालन गरिरहेको छ । रु रु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा हुग्दीकाे विद्युत बिक्रीबाट ३ करोड २६ लाख ३९ हजार ४ सय ८० रुपैयाँ खुद नाफा कमाएको छ ।