आजकल किन जान्छ झ्याप झ्याप बत्ति ? यस्ता छन् ३ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 02:35:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बेला बेलामा झ्याप झ्याप बत्ति जाने कारणले सेवाग्राही पिडित भएका छन। बत्ति जाना साथ सेवाग्राहीले लोडसेडिङ भयो भन्ने गरेका छन् । 

तर नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने यसलाई लोडसेडिङ नभन्न आग्रह गर्छन । लोडसेडिङको परिभाषा दिदै उनी भन्छन् "लोडसेडिङ भनेको बिद्युत नपुगेर माग अनुसार वितरण गर्न नसकिएको अवस्था हो, तर झ्याप झ्याप बत्ति जाँदालाई लोडसेडिङ भन्नु गलत हो '। यसरि बत्ति जाँदा  बिजुली पर्याप्त हुने तर बिजुली माग गर्ने व्यक्तिसम्म नपुग्ने हुँदा त्यसलाई लोडसेडिङ नभन्न उनले आग्रह गरेका छन् 

कार्यकारी निर्देशक घिसिङका अनुसार यसरी झ्याप झ्याप बत्ति जानुको ३ वटा प्रमुख कारण छ । पहिलो, सडक निर्माणको क्रममा पोल सार्नु पर्ने भएकोले । उनी भन्छन 'सडक विस्तार गर्दा पोल सार्नु पर्छ, पोल सार्ने क्रममा बिद्युत नियमित तरिकाले सप्लाई हुदैन, हाम्रो रडियो लाइन छ, अर्थात् एउटा पोल सार्दा त्यो लाइनमा भएका सबै पोल बाट जाने बिद्युत अबरुद्द हुन्छ'

दोस्रो, बर्षायाममा सिस्टममा धेरै समस्या हुने भएकोले। कुलमान हुन्छन ' बर्षायाममा कहिले आयोजनामा बाढी आएर उत्पादनमा समस्या हुन्छ, उत्पादन मै समस्या आएपछि सिस्टम मै समस्या हुन्छ, त्यहि कारण सप्लाईमा समस्या हुन्छ' । उनका अनुसार बर्षायाम बढी डिस्टर्ब आउने समय नै हो । असोजदेखि फागुनको समय बाहेक अन्य समयमा उत्पादन र प्रसारणमा समस्या आउने उनको भनाई छ । अन्य समयमा हावाहुरी, बाढी लगायतले समस्या आउने उनले बताए 

त्यस्तै भोल्टेजको कारणले पनि बत्ति झ्याप झ्याप जाने उनले बताए । भोल्टेज धेरै बढी र धेरै कम हुँदा पनि त्यस्तो समस्या आउने कुलमान बताउछन् । उनले वितरण प्रणालीमा सुधार भईरहेको समेत बताए 

तर बत्ति जान सक्ने जानकारी प्राधिकरणलाई पहिले नै थाहा हुने भए पनि सूचना प्रवाहमा प्राधिकरण चुकेको कुलमानले स्वीकार गरेका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved