बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 18, 2019 | 06:29:24 PM



नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले हाइड्रो उद्यमीहरुले अन्दोलन गरे आफुहरुले साथ दिने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था इपानले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ढुंगानाले  व्यवसायीले माग पुरा गर्न आन्दोलन गरे आफुहरुले साथ दिने बताएका हुन् । बैंकहरु पनि निजि संस्था रहेको र आफुहरुले सिमित माग मात्र पुरा गर्न सक्ने बताएका हुन् । उद्यमीहरुलाई आश्वास्त पार्दै उनले भने ' हाम्रो क्षमताले भ्याए जति गर्छौ, पुरै माग पुरा गर्न आन्दोलन गरे हाम्रो साथ रहन्छ' । 

अन्तरक्रिया कार्यक्रममा उर्जा उद्यमीहरुले बैंकको ब्याजदर अन्त्यन्तै महँगो भएको बताएका थिए । उद्यमीहरुले ७-८ प्रतिशतमा लिएको ब्याज अहिले १४ प्रतिशत पुगेकोमा त्यसलाई सम्बोधन गर्न आग्रह गरेका थिए । पुनरकर्जा मार्फत यसलाई सम्बोधन गरिदिन उनीहरुले आग्रह गरेका हुन् ।

जवाफमा अध्यक्ष ढुंगानाले अरु व्यवसायमा ब्याजद बढ्दा त्यसको केहि दायित्व उपभोक्तालाई हस्तान्तरण गर्न सकिने भएपनि उर्जामा त्यस्तो गर्न नसकिने भएकोले समय भएको बताए । उनले पुनरकर्जाको ग्यारेन्टी आफुले मात्र गर्न नसक्ने भएकोले यसको लागि लागि राष्ट्र बैंक समक्ष एकजुट भएर पहल गर्न उर्जा उद्यमीहरुलाई आग्रह गरे । 

उनले २ बर्ष भन्दा बढी ब्याजदर स्थिर राख्न नसकिने बताउदै पुनरकर्जाले उर्जा उद्यमीको समस्या समाधान नहुने बताए । उनले भने ' पुनरकर्जा ६ महिनाको अवधिलाई पाइन्छ, नवीकरण एक पटकलाई मात्र हुन्छ, यसलाई समस्या समधान हुदैन, पुनरकर्जा कम्तिमा आयोजना अवधिभर चाहिन्छ'। 

उद्यमीहरुले ब्याज तिर्न नसक्दा घरखेत नै लिलाम हुने अवस्था आएकोले कम्पनीको दायित्वो सिमित मात्र हुनु पर्ने भएको बताएका थिए । जवाफमा अध्यक्ष ढुंगानाले दायित्व सिमित भएमा ऋण नै नसक्ने अवस्था आउने भन्दै कानुनमा भए जस्तो ब्यबहारिक नहुने प्रष्ट पारे । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7