एनआरएनलाई अर्थमन्त्रीको आग्रह: हाइड्रोमा बर्षेनी ७० अर्ब लगानी गर्नुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 05:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले गैर आवशीय नेपाली (एनआरएन) हरुबाट नेपालले हाइड्रोमा मात्र ७० अर्ब लगानीको अपेक्षा गरेको बताएका छन् । गैरआवासीय नेपालीहरुको ९ औ विश्व सम्मलेनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले एनआरएनबाट ३-४ अर्ब नभई बार्षिक ७० अर्ब अपेक्षा गरिएको बताए ।

नेपाल सरकारले १० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादनको लक्ष्य लिएको र त्यसको लागि २० खर्ब लगानी आवश्यक पर्ने बताउदै मन्त्री खतिवडाले भने '२० खर्बमा १४-१५ खर्ब बैंक तथा वित्तीय संस्था मार्फत स्वदेशबाट पुँजी संकलन होला, बाँकि ५-६ खर्ब त वैदेशिक ऋण चाहिन्छ, त्यसैले एनआरएनएबाट हाइड्रोमा मात्र ठुलो लगानी अपेक्षा गरेका छौ ' । 

यद्यपि आर्थिक रुपान्तरणको लागि स्रोत र विचार प्रशोधित हुनु पर्ने उनले स्पष्ट पारे । नेपालमा लगानीको वातवरण बनेकोले अरु धेरै क्षेत्रमा पनि लगानी बढाउँन समेत उनले आग्रह गरे । 

सरकारी निर्णय प्रक्रिया, कार्यन्वयनको पाटो, औद्योगिक भौतिक सुरक्षाको ग्यारेन्टी हुने गरी सरकारले काम गरिरहेको र लगानीकोप्रतिफल लैजान पनि सहज हुने गरी कानुन बनेको स्मरण गराउदै उनले लगानी बढाउन आग्रह गरे । 

नेपालमा अंग्रेजी बोल्ने जनशक्ति भएको, धितोपत्र बजारमा सामुहिक लगानी कोष मार्फत लगानी गर्न पाउने नियम बनेको, होटेलको माग बढेकोले पनि यी क्षेत्रमा समेत लगानीको अवसर रहेको उनले बताए । 

सम्मलेनको राष्ट्र्पाती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने छ ।

महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved