पावर सम्मिटले २५ हजार मेगावाटका आयोजनाको ढोका खोल्दै

भारत र बंगलादेशबाट मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 10:27:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरु संस्था इपानले आयोजना गर्न लागेको उर्जा सम्मलेनमा दर्जन बढी देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता हुने भएको छ । सहभागी मध्ये सबै भन्दा धेरै भारतबाट एक सय जना र बंगलादेशबाट ५० जना आउने भएका छन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका जलशक्ति मन्त्रीले गर्ने र बंगालदेशको प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँ शक्ति, उर्जा तथा खनिज संशाधन राज्यमन्त्रीले गर्ने भए आयोजक इपानले जनाएको छ ।  

आगामी मंगसिर ५ र ६ गते हुने सम्मलेनमा २५  हजार मेगावाट भन्दा बढी जलविद्युत आयोजनाको लगानीको लागि ढोका खुल्ने इपानका महासचिव आशिष गर्गले बताएका छन्  । उनका अनुसार भारतले नेपालबाट १५ हजार ६ सय मेगावाट  र बंगलादेशले ९ हजार मेगावाट बिजुली लैजाने बताईसकेको छ  । यसैको सेरोफेरोमा रहेर सम्मेलनमा विभिन्न भारतीय र बंगलादेशी कम्पनीसंग सम्झौता समेत हुने छ  । महासचिव गर्गले सम्मेलनमा जोइन्ट भेन्चर सम्झौता समेत हुने बताएका छन्  । भारतीय लगानीमा अरुण ३ बन्न सुरुपछि अन्य भारतीय र बंगलादेशी कम्पनीहरुले आफुलाई पनि लगानी गर्ने आयोजनाको प्रबन्ध गरिदिन आग्रह गरिरहेको उनले बताए  । सोहि कारण यस सम्मलेनले २५ हजार मेगावाटको आयोजनाको धोका खुल्ने उनले दाबी गरे  ।

त्यस्तै सम्मलेन कै क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग पनि आयोजना अध्ययनबारे सम्झौता हुनले बताए ।साथै सम्मलेनको क्रममा आवश्यकता अनुसार विभिन्न बिजनेश टु विजनेश बैठक समेत हुने उनले जानकारी दिए ।

इपानका उपाध्यक्ष कुमार पाण्डेले भारतीय र बंगलादेशी सरकारले नै सम्मलेनलाई आधिकारिकता दिएकोमा आफुहरु उत्साहित भएको बताए । सम्मलेनको क्रममा पावर ट्रेडिङको विषयमा समेत सम्झौता हुने उपाध्यक्ष पाण्डेको भनाई छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको विजुली भारत र बंगलादेशमा निर्यात गर्नको लागि ट्रान्समिसन लाइन बाधक नहुने बताए । नेपाल र बंगलादेशको दुरी जम्मा २५ किलोमिटर रहेको र अहिले पनि निजि क्षेत्र आफैले त्यो भन्दा बढी लम्बाईको ट्रान्समिसन लाइन बनाईसकेकोले समस्या नीति मै रहेको बताए । उनले सरकारले अनुमति दिए निजि क्षेत्र आफैले ट्रान्समिसन बनाएर नेपालमा उत्पादन भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न सक्षम रहेको बताए ।

सम्मलेनमा नेपालको प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको र उर्जा मन्त्री , अर्थमन्त्री , लगायतको प्रस्तुति रहने भएको छ । त्यस्तै सम्मलेनमा अन्तराष्ट्रिय लगानीकर्ता संस्थाका प्रतिनिधि समेत रहने भएका छन् । सम्मलेन सोल्टी होटेल मा हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved