कर्मचारीलाई शसस्त्र प्रहरीले कुटेपछि प्राधिकरणले दियो उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 02:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि कुटपिट भएपछि नेपाल विद्युत प्राधिकरणले प्रहरीमा उजुरी दिएको छ । गएराती १० बजे मुलपानीको लक्ष्मीनारायण चोकमा लाइन मर्मत गरेर फर्किने क्रममा रक्सी सेवन गरेका २ जना शसस्त्र प्रहरीले प्राधिकरणका २ कर्मचारीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका कर्मचारी हेल्पर सुर्य वहादुर खत्रीको हातको बुढी औलाको अपरेशन गर्नुपर्ने भएकोले जोरपाटीस्थित अर्थोपेडीक हस्पीटलमा उपचार भईरहेको प्राधिकरणले जनाएको छ । अर्का घाइते हेल्पर सुवास खड्काको मुखमा चोट लागेको छ । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्राधिकरणले कुटपिट गर्ने प्रहरीविरुद्ध इलाका प्रहरी कार्यालय बौद्धमा निवेदन दर्ता गराएको छ । कुटपिट गर्ने दुवै जना हाल प्रहरी नियन्त्रणमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved